अपराह्नपछि मौसममा सुधार आउने, वर्षा र हिमपात क्रमशः कम हुँदै जाने

अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपालनजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ । मधेस प्रदेशका केही स्थानमा पनि हल्का वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अपराह्नसम्म मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले केही समयअघि विशेष मौसम बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पत्रकार पक्राउ प्रकरण : प्रहरी प्रवक्ताले प्रधानमन्त्री कार्यालयलाई दोष दिँदै पठाएको म्यासेज डिलिट गरे
काठमाण्डु – नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले सुरक्षा बिटमा कलम चलाउने पत्रकारहरूका लागि सूचना दिन बनाइएको ह्वाट्सएप समूहमा शुक्रबार मध्यराति पत्रकार पक्राउ र सादा पोसाकका प्रहरी सञ्चारगृह प्रवेश गरेको विषयमा स्पष्टीकरणसहितको सन्देश पठाए । काफ्लेले प्रधानमन्त्री कार्यालयको निर्देशनमा पत्रकार पक्राउ गरिएको उल्लेख नगरी प्रधानमन्त्री कार्यालयको चासोपछि प्रहरी परिचालन भएको व्यहोरा सन्देशमा […] ...

वर्षाका कारण कीर्तिपुर मैदानमा खेल गराउन कठिन, टिकटको रकम फिर्ताबारे छलफल हुने
नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल सञ्चालन गर्न कठिन भएको बताएका छन् । उनका अनुसार बिहानदेखि नै मैदानमा पानीको निकास व्यवस्थापनका लागि प्रयास भइरहेको छ । तर, बाहिरबाट ठूलो मात्रामा पानी मैदानभित्र प्रवेश गरेपछि समस्या थपिएको हो । निर्माण कार्यका क्रममा ड्रेनेज अवरुद्ध हुँदा पानी निकासमा समेत कठिनाइ भएको उनले बताए ...

बूढीगण्डकीले फेरि बगायो खोर्लाबेसीको सडक
‘खोलालाई डाइभर्ट गरेर कुनातर्फबाट अस्थायी रुपमा डाइभर्सन बाटो बनाएका थियौं,’ कार्यालय प्रमुख बिनोद पुनले भने, ‘आज फेरि त्यही खण्ड बगायो ।’ ...

कुलेखानी जलाशय भरिने क्रममा, सतर्कता अपनाउन आग्रह
१४ कात्तिक, हेटौंडा । लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ । जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर हो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा… ...


