अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका–२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयमा पुस्तकालय अनुदान बापतको रकम हिनामिना गरेको आरोपमा विद्यालय व्यवस्थापनका समितिका पदाधिकारी, पूर्व प्रधानाध्यापक र तत्कालीन लेखा सहायकविरुद्ध आरोपपत्र दायर गरेको छ। आयोगले तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, पूर्व प्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धीरेन्द्रबहादुर सिंहविरुद्ध जनही १७ लाख ४१ हजार ४४६ रुपैंयाँ तथा विद्यालय व्यवस्थापन समितिका सदस्य जनकबहादुर नेपालीविरुद्ध एक लाख रुपैंयाँ बिगो माग गरेको छ। उनीहरुले मिलेमतोमा सरकारी र सार्वजनिक संस्थालाई हानि नोक्सानी पुर्याउने बदनियतले कानुनविपरीत ऋण सापटी लिएको देखाइ १७ लाख ४१ हजार ४४६ रुपैंयाँ हिनामिना गरेको आयोगले जनाएको छ। उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको आयोगको ठहर छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

चक्रवात ‘अर्नब’ को प्रभावबाट जोगिन सतर्कता अपनाउन पर्यटन बोर्डको आग्रह
काठमाडौँ । नेपाल पर्यटन बोर्डले चक्रवात अर्नबको प्रभावले भारी वर्षा र हिमपात हुनसक्ने भएकोले सतर्कता अपनाउन पर्यटकहरूलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले चक्रवात... ...

डा. गोविन्द केसीले फेरि सुरु गरे सत्याग्रह, यी हुन् ६ माग
काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि विभिन्न मागसहित वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले पुनः सत्याग्रह सुरु गरेका छन् । आफ्ना पूर्ववर्ती मागहरु सरकारको पूरा नगरेको भन्दै असन्तुष्ट बन्दै आएका डा. केसीले इलाम पुगेर सत्याग्रहको घोषणा गरेका हुन् । उनले यसपालीको सत्याग्रहमा विभिन्न ६ वटा मागहरु अघि सारेका छन् । बिहीबार अपरान्ह ५ बजेबाट सत्याग्रह सुरु […] ...

विश्वविद्यालयको म्यापिङ र पूर्वाधार मूल्याङ्कन अघि बढेको छ: मन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूको म्यापिङ तथा विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कन अघि बढाइएको बताएका छन्। बागमती विश्वविद्यालयले हेटौँडामा आयोजना गरेको ‘नेपालको उच्च शिक्षा प्रणाली सुदृढीकरणः प्रादेशिक विश्वविद्यालय व्यवस्थापन र समन्वय’ विषयक दुई दिने गोष्ठीको उद्घाटन गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रलाई सरकारले प्राथमिकतामा... ...

श्रीलङ्काको नीलमणि सम्पदामा विदेशी व्यापारीको नाफा: बहुमूल्य रत्नको व्यापारमा श्रीलङ्का नै घाटामा पर्दै ?
बढी नाफा कमाउँदा श्रीलङ्काले आफ्नो रत्न सम्पत्ति दिइरहेको छ? ...


