Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अनलाइनमार्फत नक्कली अमेरिकी हुलाक लेबल बिक्री, समातिए पाकिस्तानी

अनलाइनमार्फत नक्कली अमेरिकी हुलाक लेबल बिक्री, समातिए पाकिस्तानी

10/21/2026, 10:07:52 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अनलाइनमार्फत नक्कली अमेरिकी हुलाक लेबल बिक्री, समातिए पाकिस्तानी

काठमाडौं- अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पु¥याएको आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन् । उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोप छ । राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सीका वरिष्ठ अधिकारी आतिफ अमीरका अनुसार अकरमलाई एक सातासम्म खोजी गरेपछि मङ्गलबार पक्राउ गरिएको हो । उनले सन् २०२३ अगस्टदेखि सन् २०२६ सेप्टेम्बरसम्म ‘लेबल्सब्याङ्क डट कम’ नामक अनधिकृत वेबसाइट सञ्चालन गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । अमेरिकी सरकारी वकिलको कार्यालयका अनुसार उक्त वेबसाइटबाट पाँच हजार २०० भन्दा बढी ग्राहकलाई ५१ लाखभन्दा बढी नक्कली हुलाक लेबल बिक्री गरिएको थियो । ती लेबलका कारण अमेरिकी हुलाक सेवाले राजस्व गुमाउनुका साथै ढुवानी खर्चसमेत बेहोर्नुपरेको थियो । पाकिस्तानी अनुसन्धानकर्ताहरूका अनुसार अकरमले व्यवसाय सञ्चालन गर्न आफ्ना भाइ, पत्नी, बहिनी र काकीसहित परिवारका सदस्यका १६ वटा बैंक खाता प्रयोग गरेका थिए । उनलाई अमेरिकामा सुपुर्दगी गरिने वा पाकिस्तानमै मुद्दा चलाइने भन्ने स्पष्ट भइसकेको छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

केएफसीको नयाँ पेय पदार्थ साझेदारमा कोका–कोला, पेप्सीसँगको करिब ४० वर्ष लामो साझेदारी अन्त्य
ताजा खबरJust now

केएफसीको नयाँ पेय पदार्थ साझेदारमा कोका–कोला, पेप्सीसँगको करिब ४० वर्ष लामो साझेदारी अन्त्य

काठमाडौँ। अमेरिकी फास्टफुड चेन केएफसीले अमेरिकास्थित आफ्ना रेस्टुरेन्टहरूका लागि नयाँ पेय पदार्थ साझेदारका रूपमा कोका–कोलालाई छनोट गरेको छ। यस निर्णयसँगै केएफसी र पेप्सिकोबिचको करिब ४० वर्ष लामो साझेदारी अन्त्य हुने भएको... ...

रातोपाटी
यातायात सहज भएसँगै लाङटाङमा पर्यटकको चहलपहल बढ्दै
ताजा खबरJust now

यातायात सहज भएसँगै लाङटाङमा पर्यटकको चहलपहल बढ्दै

रसुवा । यातायातको सुविधा सहज बन्दै गएपछि रसुवाको प्रसिद्ध पर्यटकीय गन्तव्य लाङटाङमा पर्यटकको आगमन बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको हो । लाङटाङसम्म पुग्ने वैकल्पिक मार्ग तय भएसँगै पर्यटकको आवागमन सहज भएको छ । यातायातको सुविधा सहज भएपछि पर्यटक आउन थालेको र यसले पर्यटन व्यवसायीमा उत्साह थपेको लाङटाङस्थित माउन्टेन भ्युका ...

कर्पोरट खबर
ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको निधन
ताजा खबरJust now

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको निधन

जनार्जन खत्रीसर्लाही, कात्तिक ४ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहको बुधबार निधन भएको छ । ब्रह्मपुरी गाउँपालिका –२ घर भएका ८५ वर्षीय साहको बुधबार बिहान का... ...

गोरखापत्र
आशीर्वाद दिने ती हातहरूको सम्झनामा…
ताजा खबरJust now

आशीर्वाद दिने ती हातहरूको सम्झनामा…

काठमाडौँ। शरद ऋतुको नीलो आकाशमुनि यतिबेला सारा देश मालाश्रीको धुनमा झुमिरहेको छ । हावाको प्रत्येक झोँकासँगै पिङको मच्चाई, आँगनभरि पोखिने रातो अक्षताको चमक र जमराको सुगन्धले संसारलाई पुलकित बनाएको छ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play