यातायात सहज भएसँगै लाङटाङमा पर्यटकको चहलपहल बढ्दै

रसुवा । यातायातको सुविधा सहज बन्दै गएपछि रसुवाको प्रसिद्ध पर्यटकीय गन्तव्य लाङटाङमा पर्यटकको आगमन बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको हो । लाङटाङसम्म पुग्ने वैकल्पिक मार्ग तय भएसँगै पर्यटकको आवागमन सहज भएको छ । यातायातको सुविधा सहज भएपछि पर्यटक आउन थालेको र यसले पर्यटन व्यवसायीमा उत्साह थपेको लाङटाङस्थित माउन्टेन भ्युका सञ्चालक निमा लामाले बताएका छन् । जिल्ला सदरमुकाम धुन्चेबाट करिब दुई दिन पैदल यात्रा गरेपछि लाङटाङ पुग्न सकिन्छ । हाल धुन्चेबाट ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै लाङटाङ पुग्ने वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ । गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने लाङटाङ क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ । प्राकृतिक सुन्दरता, हिमाली दृश्य र पदयात्राका लागि प्रसिद्ध यस क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेसँगै स्थानीय पर्यटन व्यवसायीमा पनि आशा पलाएको छ । The post यातायात सहज भएसँगै लाङटाङमा पर्यटकको चहलपहल बढ्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

राष्ट्रपतिदेखि सर्वसाधारणसम्म दसैँको टीकामा
काठमाडौँ। बडादसैँको मुख्य दिन विजयादशमीका अवसरमा बुधबार देशभर टीका, जमरा र प्रसाद ग्रहण गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गरेका छन्। सर्वसाधारणले पनि मान्यजनबाट टीका र जमरा थापेर दसैँ मनाएका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेपछि ...

बडादसैँले राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउनेछ : मुख्यमन्त्री भट्ट
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडादसैँले सत्य, सदाचार, आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । बुधबार बडादसैँका अवसरमा शुभकामना दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशवासी, दिदीबहिनी, दाजुभाइ […] ...

विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं उपत्यकामा चहलपहल बाक्लियो, आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को
नेपालीहरूको महान पर्व बडादसैँको मुख्य दिन मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र पहेँलो जमरा ग्रहण गरेसँगै काठमाडौं उपत्यकाका सडकहरूमा सर्वसाधारणको चहलपहल उल्लेख्य रूपमा बढेको छ। घटस्थापनादेखि नै सुनसानप्रायः बनेका राजधानीका मुख्य सडक तथा चोकहरूमा आफन्तकहाँ टीका र आशीर्वाद थाप्न जानेहरूको आवागमन दिउँसोदेखि निकै बाक्लिएको हो। नेपालीहरूको महान चाड बडा... ...

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
चितवन । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दसैँको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बञ्चित हुने गरेका... ...


