अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’

डडेल्धुरा। अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराईले पढाइ खर्च जुटाउन ‘पेन्टिङ’को काम गर्दै आएका छन् । उनले यो कामबाट मासिक २५ हजार रुपैयाँ बचाउँछन् । १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको पढाइ पूरा गर्ने लक्ष्यसहित उनले करिब सात महिनादेखि ‘पेन्टिङ’को काम गर्दै आएका छन् । घरको आर्थिक अवस्थाका कारण पढाइका लागि परिवारमाथि मात्र निर्भर हुन नसक्ने भएपछि काम गर्न थालेको उनी बताउँछन् । घरको जेठो छोरा दीपकका भाइ पनि पढ्दैछन् । बुबाआमा खेतीमा संलग्न रहेकाले परिवारको आर्थिक अवस्था सहज छैन । त्यसैले स्नातक तहमा भर्ना भएदेखि नै पढाइ खर्च जुटाउन काम सुरु गरेको उनले सुनाए । अध्ययन र कामलाई सँगसँगै अघि बढाउन सहज नभए पनि आफ्नो भविष्यका लागि दुवैलाई निरन्तरता दिने उनको लक्ष्य छ । दीपकजस्तै अमरगढी –७ का शिवराज भट्टराईले पनि पेन्टिङको कामबाट आम्दानी गर्दै आएका छन् । विगत छ वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका उनले सुरुमा खाली समयमा पेन्टिङको काम गर्न थालेका थिए । हाल यसैलाई मुख्य पेसा बनाएका छन् । शिवराजका अनुसार पेन्टिङको कामबाट मासिक २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । उनले एक महिनामा करिब चारदेखि पाँचवटा घरको पेन्टिङ सक्ने गरेको बताए । आठ जनाको समूहमा काम गर्दै आएका उनले आवश्यकताअनुसार अन्य व्यक्तिलाई समेत पेन्टिङको सीप सिकाउने गरेका छन् । यद्यपि, बर्खायाममा भने एकदेखि दुई महिनासम्म काम नपाइने उनको भनाइ छ । यसैगरी, अमरगढी–७, पोखराका २९ वर्षीय चेत विक पनि पेन्टिङको काममा संलग्न छन् । रोजगारीको खोजीमा दुई वर्ष भारत बसेर फर्किएका उनले आफ्नै ठाउँमा पेन्टिङको सीप सिकेर काम सुरु गरेका हुन् । करिब एक वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका विक आफ्नै ठाउँमा श्रम गरेर आम्दानी गर्न पाउँदा खुसी छन्। उनले अन्य युवालाई पनि सम्भव भएसम्म आफ्नै ठाउँमा सीप सिकेर काम गर्न सुझाव दिएका छन् । यी युवाको अनुभवले पढाइ र रोजगारीलाई सँगसँगै अघि बढाउन सीपमूलक कामले सहयोग पुर्याउन सक्ने देखाउँछ । स्थानीयस्तरमा सीपमूलक तालिम, रोजगारीका अवसर र युवालाई प्रोत्साहन गर्ने कार्यक्रम विस्तार गर्न सके पढ्दै काम गर्ने वातावरण निर्माण हुनाका साथै वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन पनि मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

स्पर्सलाई ‘बदल्ने’ त्यो खुला छलफल : के टोटनह्याम अब पुनरागमनको लयमा छ ?
चेल्सीलाई २–० ले हराउँदै टोटनह्याम हटस्पर इंग्लिस प्रिमियर लिगको अंकतालिकामा १२औँ स्थानमा उक्लिएको छ । गत जनवरी २ यता टोलीको यो सबैभन्दा उच्च स्थान हो । लगातार दुई सिजन १७औँ... ...

पृथ्वीराजमार्गको तालचोकबाट देखिएको हिमश्रृङ्खला
• पोखरा महानगरपालिका(२७ तालचोक)बाट अन्नपूर्ण हिमश्रृङ्खला र आसपासको दृश्य देखिएको छ। • तस्बिर कृष्ण दवाडीले खिचेका हुन्। ...

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
काठमाडौं । गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा भड्किएपछि फ्रान्सले यस सप्ताहान्तमा हुन सक्ने प्रदर्शन र झडप नियन्त्रण गर्न देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । विद्यालयको वातावरण र शैक्षिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै माध्यमिक तहका विद्यार्थीहरूले सुरु गरेको प्रदर्शन देशव्यापी बनेको थियो । आन्दोलनमा बढ्दो महँगी र जीवनयापनको लागतप्रति सर्वसाधारणको असन्तुष्टिसमेत जोडिएपछि परिस्थिति थप तनावपूर्ण ...

पुनहिलबाट दृश्य अवलोकन गर्दै पर्यटक
• म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलबाट हिमशृङ्खलाको दृश्य अवलोकन गर्न पर्यटकहरू पुगेका छन्। • पुनहिल समुद्री सतहदेखि ३२१० मिटर उचाईमा रहेको छ र यहाँ १६ भन्दा बढी हिमशृङ्खला र सूर्योदयको दृश्य देख्न सकिन्छ। • पुनहिलको दृश्यावलोकनले पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ। ...


