‘अटो रिक्सा’ सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवागमनमा सहज

बाँके। बाँकेको दुर्गम मानिने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको ग्रामीण क्षेत्रमा अटो रिक्सा सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवागमनमा सहज भएको छ। छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका राप्ती सोनारी र नरैनापुरवासीलाई अटो रिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको नरैनापुर–५ जमुनीगाउँकी निवासी टीका बुढाथोकीले बताए। उनका अनुसार, साँझ र बिहान यात्रुबाहक बस जाने आउने गरे पनि अन्य समयमा आवागमनमा सास्ती व्यहोर्नुपर्ने नरैनापुरवासीको बाध्यता अटो रिक्साले अन्त्य गरेको छ। नेपालगञ्ज–बघौडा हुलाकी सडक पक्की भएसँगै नरैनापुरमा सञ्चालनमा ल्याइएको अटो रिक्सा स्थानीयवासीको यात्राको सारथी बनेको छ। सदरमुकाम नेपालगञ्जबाट नरैनापुर ४४ किलोमिटर टाढा भए पनि बस कुरेर बस्नुपर्ने बाध्यता हटेको छ। हिजोआज रिक्सा चढेर एक घण्टामै नेपालगञ्ज आउन सकिने नरैनापुर–६ निवासी सोहनलाल यादवले बताए। “रिक्सामा चढेपछि न घामपानीले प्रभावित पार्छ, न त धेरै समय नै लाग्छ। सजिलोसँगै गन्तव्यमा पुुग्न सकिन्छ”, यादवले भन्नुभयो, “नरैनापुरमा अटो रिक्सा सञ्चालनमा आएपछि स्थानीयवासीलाई धेरै सहयोग पुुगेको छ।” नरैनापुर गाउँपालिकाभित्रका गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयाका गाउँबस्तीसम्म आवागमनमा अटो रिक्साले सहज बनाएको छ। साइकल वा मोटरसाइकलजस्ता निजी सवारीसाधन नहुने सर्वसाधारणलाई गाउँपालिकाभित्रैका एक वडाबाट अर्को वडामा आउनजान अटो रिक्साले ठूलो सुविधा मिलेको छ। अटो रिक्सा सञ्चालनमा आएपछि बालबालिका, अशक्त, अपाङ्गता र ज्येष्ठ नागरिक तथा बिरामी प्रत्यक्ष लाभान्वित भएका छन्। महिला, विद्यार्थी, शिक्षक र कर्मचारीले पनि रिक्साको उपयोग गर्दै आएका छन्। एक घण्टा पैदल हिँड्नुुपर्ने यात्रा १५÷२० मिनेटमा पुगिने गरेको राप्ती सोनारी –५ स्थित भुवर भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतबहादुर विष्टले बताए। उहाँले नेपालगञ्जको सल्यानीबागबाट राप्ती सोनारीको फत्तेपुर हुँदै अगैयासम्म पुग्ने अटो रिक्साले स्थानीयवासिन्दा तथा कामकाजी कर्मचारीलाई धेरै सहज भएको बताए। अटो रिक्सा चलाएर नागरिकलाई यातायात सेवा दिनुका साथै गाउँमै राम्रो आम्दानी गर्दै आएको नरैनापुर–१ कटकुइँया निवासी अटोचालक जाकीर अलीले बताए। चार सिट क्षमताको अटो रिक्साले नरैनापुरको सीमावर्ती क्षेत्र सुइँया बघौडादेखि नेपालगञ्जसम्मको प्रतिव्यक्ति रु २५० र गाउँपालिका केन्द्र नरैनापुरदेखि रु २०० भाडा लिने गरेको अलीको भनाइ छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नेपालभर बुधबारदेखि वर्षा हुने, दुई सय मिलिमिटरसम्म पानी पर्न सक्ने
चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् । ...

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले
म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन् । शरद्यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाईभैँसी, भेँडाबाख्राका गोठ गाउँ नजिकैका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिना घाँस खुवाएपछि गाउँ नजिकै ...

तिर्पामा विद्यालयको लाइब्रेरी स्थापनाका लागि सांगीतिक कार्यक्रम
दसैंको अवसरमा जुटेको समुदायले पुस्तक, कम्प्युटर र सहयोग संकलन गर्दै विद्यालयमा लाइब्रेरी स्थापना अभियानलाई थप बल दिएको छ। ...
कांग्रेसमा महिला प्रतिनिधित्व ३० प्रतिशत पनि पुगेन, एक तिहाइ पुर्याउन ३० जना मनोनीत गर्नुपर्ने
तीन पदाधिकारी र ६६ जना केन्द्रीय सदस्यमा निर्वाचित भए पनि आरक्षित सिटबाहेकका पदमा भने महिलाले जित्न सकेनन् । २ सय ३१ पदका लागि भएको निर्वाचनमा निर्वाचित महिलाको संख्या २९ दशमलव ८७ प्रतिशत मात्रै छ । ...


