Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन, म चुकेँ भने सभापतिबाट हटाउनुहोस्ः गगन थापा

व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन, म चुकेँ भने सभापतिबाट हटाउनुहोस्ः गगन थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन, म चुकेँ भने सभापतिबाट हटाउनुहोस्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू नेतृत्वमा रहँदा कुनै गल्ती गरे पार्टीले आफूलाई सभापतिबाट हटाएर अघि बढ्नुपर्ने बताउनुभएको छ। व्यक्ति पार्टीभन्दा ठूलो हुन नसक्ने स्पष्ट पार्दै उहाँले आफ्नो कमजोरीको जिम्मेवारी आफैँले लिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति थापाले व्यक्तिगत कमजोरी र गलत प्रवृत्तिको भारी पार्टीले बोक्न नसक्ने बताउनुभयो। उहाँले सभापतिका रूपमा आफ्नो व्यक्तिगत, पारिवारिक तथा आर्थिक जीवनका हरेक पक्षमा सचेत र जिम्मेवार रहने प्रतिबद्धतासमेत जनाउनुभयो। नेपाली कांग्रेस लाखौँ नेता तथा कार्यकर्ताको रगत, पसिना र योगदानबाट निर्माण भएको सार्वजनिक सम्पत्ति भएको उल्लेख गर्दै थापाले व्यक्तिले गरेका गल्तीको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताउनुभयो। नेतृत्वका कमजोरीको भार पार्टीले बोक्दा संस्था नै कमजोर हुने भएकाले त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ। “मेरा कुनै गलत कामले पार्टीलाई असर पर्न सक्छ। त्यसैले कुनै दिन म चुकेको महसुस भएमा नेपाली कांग्रेसले मलाई सभापतिबाट अलग गरेर अगाडि बढ्नुपर्छ। किनकि व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन। व्यक्तिले गरेका गल्तीको भार व्यक्तिले नै बोक्नुपर्छ, पार्टीले होइन। मेरो कमजोरीको जिम्मेवारी म आफैँ लिन्छु,” उहाँले भन्नुभयो। ‘युवालाई स्वदेशमै स्वाभिमानका साथ बाँच्ने वातावरण बनाउनुपर्छ’ मुलुकको वर्तमान परिस्थितिबारे चर्चा गर्दै सभापति थापाले दसैँको फूलपातीका दिनसमेत हजारौँ युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिन बाध्य हुनु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो। रातारात चमत्कार गरेर युवालाई विदेश जानबाट रोक्न नसकिने भए पनि स्वदेशमै स्वाभिमानका साथ जीवनयापन गर्न सक्ने वातावरण निर्माणका लागि कांग्रेसले इमानदार प्रयास गर्नुपर्ने उहाँले बताउनुभयो। “हामी रातारात चमत्कार गरेर उनीहरूलाई फर्काउन सक्दैनौँ, तर स्वाभिमानका साथ नेपालमै बस्न सक्ने वातावरण बनाउन इमानदार प्रयास गर्न सक्छौँ। त्यसो गर्न सक्यौँ भने मात्रै नेपाली कांग्रेस हुनुको अर्थ रहन्छ,” थापाले भन्नुभयो। उहाँले मुलुकका चुनौती ठूला भए पनि अवसर प्रशस्त रहेको उल्लेख गर्दै आशा र सकारात्मक सोचका साथ अघि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। असन्तुष्ट पक्षलाई समेट्ने जिम्मेवारी आफूले लिने सभापति थापाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेट्ने र व्यवस्थापन गर्ने जिम्मेवारी आफूले लिने स्पष्ट पार्नुभएको छ। उहाँले अन्य नेता तथा कार्यकर्तालाई निराशा र गुनासोमा अल्झिनुभन्दा काममार्फत जनताको विश्वास जित्न निर्देशन दिनुभयो। “पार्टीभित्रका असन्तुष्ट साथीहरूलाई समेट्ने जिम्मेवारी मलाई छाडिदिनुहोस्। म त्यो जिम्मेवारी पूरा गर्नेछु। अब सबै साथीहरू आफ्नो काम र कर्ममार्फत पार्टीका कार्यकर्ता तथा नागरिकमाझ जाऔँ र उनीहरूका समस्यामा काम गरौँ,” उहाँले भन्नुभयो। आक्रोश र निराशालाई राजनीतिको आधार बनाउनुभन्दा सकारात्मक सोच, ऊर्जा र आशालाई पार्टीको पहिचान बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। क्षणिक आक्रोशबाट प्रभावित नभई जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ। सभापति थापाले पार्टीका तल्लो तहका कार्यकर्ता तथा आम नागरिकका सुख–दुःखमा प्रत्यक्ष जोडिन र निराशालाई चिर्दै सकारात्मक ऊर्जा प्रवाह गर्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्नुभयो। “अब निराशा होइन, कर्म र परिणामबाट जनताको विश्वास जित्ने समय आएको छ,” उहाँले भन्नुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ [फोटोफिचर]
ताजा खबरJust now

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ [फोटोफिचर]

नेपाली सेनाले हरेक वर्ष बडादसैँको फूलपातीका दिन टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दै आएको छ। यो समारोह नेपाली संस्कृति, परम्परा र सैनिक गौरवको प्रतीकका रूपमा लिइन्छ। ...

कान्तिपुर
टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति पौडेललाई सलामी
ताजा खबरJust now

टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति पौडेललाई सलामी

काठमाडौँ, असोज ३१ गते । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह आयोजना गरेको छ।समारोहमा राष्ट्रपति रामचन्द्र... ...

गोरखापत्र
फूलपातीका अवसरमा टुँडिखेलमा सेनाको बढाइँ, राष्ट्रपति र प्रधानमन्त्री सहभागी [तस्वीरहरु]
ताजा खबरJust now

फूलपातीका अवसरमा टुँडिखेलमा सेनाको बढाइँ, राष्ट्रपति र प्रधानमन्त्री सहभागी [तस्वीरहरु]

काठमाडौं । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह आयोजना गरेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सहभागी हुनुभएको थियो। त्यसैगरी प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सरकारका उच्चपदस्थ अधिकारी तथा अन्य विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो। समारोहमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई ...

हिमालय टाइम्स
कुटपिटबाट बालाजुमा युवकको मृत्यु, एक जना पक्राउ
ताजा खबरJust now

कुटपिटबाट बालाजुमा युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौँको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्ने २० वर्षीय सुवाश तामाङ रहेका छन्। तामाङ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकारबिच काठमाडौं महानगरपा... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play