म्यानचेस्टर युनाइटेडको बोर्डमाथि मार्टिनेज आक्रोस, खेलाडी भित्र्याउन पर्याप्त लगानी नगरेको गुनासो

काठमाडौं । म्यानचेस्टर युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजले क्लबको व्यवस्थापनमाथि खेलाडी भित्र्याउन पर्याप्त लगानी नगरेको आरोप लगाएका छन् । च्याम्पियन्स लिगअन्तर्गत मंगलबार एट्लेटिको मड्रिडसँग २–० ले पराजित भएपछि उनले क्लबको बोर्डप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । युनाइटेड पछिल्ला पाँच खेलमा जितविहीन छ । क्लबले लिग सिजनको सुरुआत पनि पछिल्लो ४० वर्षयताकै खराब गरेको छ । एट्लेटिकोसँगको खेलपछि अमेजन प्राइमसँग कुरा गर्दै मार्टिनेजले टोलीको प्रदर्शनलाई ‘निकै कमजोर’ बताए । उनले मैदानमा देखिएको प्रदर्शन क्लबको वर्तमान अवस्थाको प्रतिबिम्ब भएको टिप्पणी गरे । ‘मैले आफूलाई धेरै नियन्त्रण गर्नुपर्छ । तर कहिलेकाहीँ मैदानमा देखिने प्रदर्शन हाम्रो क्लब अहिले कस्तो अवस्थामा छ भन्ने ऐना पनि हो,’ उनले भने । गत सिजन प्रिमियर लिगमा तेस्रो हुँदै च्याम्पियन्स लिगमा फर्किएको युनाइटेडले यसपटक खेलाडी भित्र्याउन थप लगानी गर्ने आफूले शतप्रतिशत अपेक्षा गरेको मार्टिनेजले बताए । ‘म हाम्रा प्राविधिक निर्देशक जेसन विल्कक्सबाट अझ बढी अपेक्षा गर्छु । इमानदारीपूर्वक भन्नुपर्दा, खेलाडीका रूपमा हामीले पनि अझ राम्रो गर्नुपर्छ । तर यस्ता ठूला खेलका लागि बलियो टोली तयार पार्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ,’ उनले भने । गत सिजन क्लबले उत्कृष्ट टोली निर्माण गर्ने आधार तयार गरेको तर त्यसलाई निरन्तरता दिन व्यवस्थापन असफल भएको उनले टिप्पणी गरे । लगातार पाँच खेलमा जित निकाल्न नसकेपछि प्रशिक्षक माइकल क्यारिकमाथि दबाब बढिरहेको छ । तर मार्टिनेजले प्रशिक्षक परिवर्तन गर्दैमा समस्या समाधान नहुने संकेत गरे ।‘प्रशिक्षकलाई बारम्बार परिवर्तन गरिरहन सकिँदैन । अरू क्षेत्रको अवस्था के छ तरु म यसबारे थप भन्न सक्दिनँ,’ उनले भने । उनले एट्लेटिकोसँगको हारपछि प्रशिक्षक वा खेलाडीलाई मात्रै दोष दिनु सजिलो भए पनि क्लबका अन्य पक्षको कमजोरी पनि हेर्नुपर्ने बताए । गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको एट्लेटिकोसँगको खेल हेर्न युनाइटेडका सेयरधनी जिम र्याटक्लिफ पनि रंगशालामा उपस्थित थिए । युनाइटेडले यसै समरमा मिडफिल्डर कार्लोस बालेबा, युरी टिलेमान्स र आन्द्री सान्तोसलाई भित्र्याउन करिब १४ करोड पाउन्ड (१८ करोड ५० लाख अमेरिकी डलर) खर्च गरेको थियो । तर, लेफ्टब्याक र स्ट्राइकरजस्ता अन्य महत्त्वपूर्ण स्थानमा खेलाडी नथपेको भन्दै समर्थक असन्तुष्ट छन् । खेलपछि पत्रकारसँग कुरा गर्दै प्रशिक्षक क्यारिकले मार्टिनेजको टिप्पणी आफूले नसुनेको र त्यसबारे तत्काल प्रतिक्रिया दिन नसक्ने बताए ।‘खेलको निराशाले पनि उनले त्यस्तो बोलेको हुन सक्छ । यहाँ आएर खेलबाट केही हासिल गर्न नसक्दा निराश हुनु स्वाभाविक हो,’ क्यारिकले भने । यता, म्यानचेस्टर युनाइटेड र इंग्ल्यान्डका पूर्वस्ट्राइकर वायन रुनीले भने मार्टिनेजले आफ्नो आलोचनाको सीमा नाघेको टिप्पणी गरेका छन् ।‘मलाई लाग्छ, उनले अलि बढी नै बोले । यस्तो कुरा क्लबभित्रै राख्नुपर्थ्यो,’ रुनीले अमेजन प्राइमसँग भने । मार्टिनेजले क्लबप्रति माया देखाएको र थप खेलाडी भित्र्याउन लगानी होस् भन्ने चाहेको स्पष्ट रहेको बताउँदै रुनीले यस्तो अभिव्यक्तिका कारण उनी आफैँ क्लबबाट बाहिरिन सक्ने सम्भावनासमेत औँल्याए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पोप लियो चौधौँको शल्यक्रिया सफल
काठमाडाैँ । फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो । होली सी... ...

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
काठमाडौँ, असोज २८ गते । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेस... ...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंसहित देशका चार जिल्लाबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, बर्दिया, कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ३०० ग्राम खैरो हेरोइनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी ...

२४ वर्षदेखि लक्ष्मी सनराइजमै थिए सुमेद, कात्तिक १५ बाट सम्हाल्नेछन् बैंकको ‘कमान्ड’
लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने भएका छन्। बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका भट्टराईलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो। बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी सचिव पियुषराज अर्यालका अनुसार उनको नियुक्ति कात्तिक १५... ...


