अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंसहित देशका चार जिल्लाबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, बर्दिया, कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ३०० ग्राम खैरो हेरोइनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । त्यस्तै, बर्दियाको गुलरिया नगरपालिका-१ बाट ब्राउनसुगरजस्तो देखिने ३ ग्राम १६० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका-१ का ३४ वर्षीय चन्द्रबहादुर कामी र ठाकुरबाबा नगरपालिका-१ का २६ वर्षीय विजय चौधरी रहेका छन् । प्रहरी चौकी खैरापुरबाट खटिएको टोलीले उनीहरूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले उनीहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ । यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट ब्राउनसुगरजस्तो देखिने १ ग्राम ९०० मिलिग्राम पदार्थसहित धनगढी-५ का २२ वर्षीय पंकज बाल्मिकी पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीसहितको प्रहरी टोलीले उनलाई मंगलबार राति पक्राउ गरेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका-४ स्थित महेन्द्रनगर बसपार्कबाट खैरो हेरोइनजस्तो देखिने ६० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको खप्तड छेडेदह गाउँपालिका-७ घर भएका १९ वर्षीय रोहित नेपालीसमेत रहेका छन् । अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरू तथा बरामद लागूऔषधका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : महामन्त्री राणा
काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री उदय शमशेर राणाले कर्णालीका समस्या काठमाडौंले बुझ्न आवश्यक रहेको बताउनुभएको छ । बुधवार काठमाडौमा आधा अध्याय पुस्तक विमोचन गर्दै उहाँले कणार्ली, सुदूरपूर्व र सुदूरपश्चिमका नागरिकको भावना तथा उनीहरूले भोग्दै आएका दुःख-सुख राजधानी काठमाडौंले बुझ्न आवश्यक रहेको बताउनुभएको हो । काठमाडौंमा बस्ने राजनीतिक नेतृत्वले देशका विभिन्न भूगोल र समुदायका समस्या बुझ्न नसके राजनीति गर्न नहुने उहाँले बताउनु ...

कसरी छान्ने स्वस्थ खसीबोका ? पछ्याउनुहोस् यी टिप्स
दसैंका समयमा आफूले किन्न लागेको खसीबोका स्वस्थ छ कि छैन, खानयोग्य छ कि छैन भन्ने अन्योल धेरैमा हुने गर्दछ । ...

जापानका प्रस्तावित राजदूत जिज्ञानलाई प्रश्न : कार्यकाल सकिएपछि कहाँ बस्नुहुन्छ ?
काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापालाई सांसदहरूले जापानबाहेक अन्य देशमा जाँदा हुँदैन भनेर प्रश्न गरेका छन् । बुधबार संसदीय समितिमा भएको सुनुवाइका क्रममा प्रस्तावित राजदूतले आफ्नो कार्ययोजना पेस... ...
.jpg)
महाकालीमा सशस्त्र प्रहरीका सहायक निरीक्षकको शव फेला
कञ्चनपुर समाचारदाता कञ्चनपुर, असोज २८ गते । महाकाली नदीमा बेपत्ता हुनुभएका सशस्त्र प्रहरीका सहायक निरीक्षक सन्दीप थारुको शव पाँच दिन पछि फेला परेको छ । क्षतिग्रस्त दोधारा चाँदनी झो... ...


