Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : महामन्त्री राणा

कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : महामन्त्री राणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : महामन्त्री राणा

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री उदय शमशेर राणाले कर्णालीका समस्या काठमाडौंले बुझ्न आवश्यक रहेको बताउनुभएको छ । बुधवार काठमाडौमा आधा अध्याय पुस्तक विमोचन गर्दै उहाँले कणार्ली, सुदूरपूर्व र सुदूरपश्चिमका नागरिकको भावना तथा उनीहरूले भोग्दै आएका दुःख-सुख राजधानी काठमाडौंले बुझ्न आवश्यक रहेको बताउनुभएको हो । काठमाडौंमा बस्ने राजनीतिक नेतृत्वले देशका विभिन्न भूगोल र समुदायका समस्या बुझ्न नसके राजनीति गर्न नहुने उहाँले बताउनु भयो । दुर्गम क्षेत्रका नागरिकका अनुभव र कथाले आफूलाई राजनीतिक बुझ्न तथा उनीहरूसँग घुलमिल हुन सहयोग गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘हामीले कर्णालीको भावना सुदूरपूर्वको भावना, सुदूरपश्चिमको भावना बुझ्नुपर्छ । काठमाडौंवासीले नबुझे हामीले राजनीति गर्न सक्दैनौँ । गाउँको कुरा, विकट जिल्लाको कुरा, कर्णालीको कुरा विभिन्न कथाहरू सुन्दै आएको कारण पनि मैले राजनीति गर्न सकेको हो ।’ पुस्तकका लेखक लक्ष्मणबहादुर शाहीले कर्णालीका दुर्गम बस्तीका समस्या, गरिबी, अभाव र नागरिकका दुःख-पीडालाई राज्यको नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यले ‘आधा अध्याय’ पुस्तक लेखेको बताउनु भयो । केन्द्रिकृत राज्यसत्ताबाट टाढा रहेका गाउँबस्तीका वास्तविक समस्या पहिचान गरी उचित सम्बोधन गर्नुपर्ने उहाँको भनाई छ । गाउँघरका नागरिकले भोगिरहेका भौगोलिक विकटता, सामाजिक समस्या र अभावलाई पुस्तकमार्फत अभिलेखबद्ध गरी सिंहदरबारसम्म पुर्‍याउने आफ्नो प्रयास उहाँले बताउनु भयो । कर्णालीको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पहिचानलाई काठमाडौंसँग जोड्ने उद्देश्यले राजधानीमा पुस्तक विमोचन गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘आफ्ना वास्तविक समस्याहरू, गाउँ बस्तीमा गरिबीको रेखामुनि रहेका तमाम दाजुभाइ, दिदीबहिनीहरूका पीडा, सुख-दुःखहरू, उकाला-ओराला, विकट बस्तीहरू, भौगोलिक विकटता र केन्द्रिकृत राज्यसत्ताबाट टाढा-टाढाका गाउँबस्तीमा भइरहेका अभाव र पीडाहरूलाई किताबमार्फत लिपिबद्ध गरेको शासकका आँखासम्म, सिंहदरबारका टेबलहरूसम्म पुर्‍याउने कोशिष गरेको छु । राज्य सञ्चालन गर्नेहरुले कर्णालीको वास्तविक समस्याको पहिचान गरेर त्यसलाई ठीक ढङ्गले सम्बोधन गरिनुपर्छ ।’ उहाँकाअनुसार जुम्लाको सिञ्जा नेपाली भाषाको उत्पत्तिसँग जोडिएको ऐतिहासिक क्षेत्र हो । खस सभ्यता, मस्टो संस्कृति, मार्सी धान, स्याउ तथा ऐतिहासिक मठमन्दिर र सम्पदाले सिञ्जाको विशिष्ट पहिचान स्थापित गरेका छन् । सिञ्जा सभ्यतालाई नेपालको महत्वपूर्ण सभ्यतामध्ये एकका रूपमा उल्लेख गर्दै उहाँले त्यसको इतिहास, परम्परा र संस्कृतिबारे राष्ट्रियस्तरमा थप चर्चा हुनुपर्ने बताउनु भयो । विगतमा बाइसे-चौबिसे राज्यका रूपमा शक्तिशाली इतिहास बोकेको जुम्लाको पहिचानलाई राष्ट्रिय राजनीतिको केन्द्रसँग जोड्नुपर्ने उहाँको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

संघीय सरकारसँग अधिकार र बजेट माग्दै सातै प्रदेशका मुख्यमन्त्रीले जारी गरे ‘कोशी घोषणा’, यस्ता छन् ९ प्रतिबद्धता
ताजा खबरJust now

संघीय सरकारसँग अधिकार र बजेट माग्दै सातै प्रदेशका मुख्यमन्त्रीले जारी गरे ‘कोशी घोषणा’, यस्ता छन् ९ प्रतिबद्धता

विराटनगर । सातै प्रदेशका मुख्यमन्त्रीहरूले संविधानप्रदत्त अधिकारको पूर्ण कार्यान्वयन, वित्तीय संघीयताको सुदृढीकरण र अन्तरप्रदेश सहकार्यलाई संस्थागत गर्ने साझा संकल्पसहित ‘कोशी घोषणा’ जारी गरेका छन्। कोशी प्रदेशको राजधानी विराटनगरमा सम्पन्न दुईदिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको समापनका अवसरमा मुख्यमन्त्रीहरूले संघीय सरकारसँग संविधानको मर्मअनुसार प्रदेशलाई अधिकार, बजेट र आवश्यक संरचना हस्तान्तरण गर्न संयुक्त माग गर्दै घोषणापत्रमा हस्ताक्षर गरेका हुन्। सम्मेलनले सातै प्रदेशका मुख्यमन्त्री सदस्य रहने गरी ...

हिमालय टाइम्स
प्रदेशलाई पूर्ण अधिकार माग गर्दै विराटनगरमा जम्मा भएका मुख्यमन्त्रीहरुले जारी गरे घोषणपत्र २०८३
ताजा खबरJust now

प्रदेशलाई पूर्ण अधिकार माग गर्दै विराटनगरमा जम्मा भएका मुख्यमन्त्रीहरुले जारी गरे घोषणपत्र २०८३

• मुख्यमन्त्रीहरुले विराटनगर घोषणापत्र जारी गर्दै प्रदेशलाई पूर्ण अधिकार दिनुपर्ने माग गरेका छन्। • घोषणापत्रमा संघीयता कार्यान्वयन, वित्तीय स्वायत्तता र प्रदेश प्रहरी समायोजन जस्ता विषयलाई प्राथमिकता दिइएको छ। • संघ सरकारसँग प्रदेशलाई अधिकार सम्पन्न बनाउन विभिन्न कानूनी प्रावधानहरू यथाशीघ्र पारित गर्न अनुरोध गरिएको छ। ...

नेपालबहस
वाणिज्य बैंकहरूले दुई महिनामा १७ अर्ब ८१ करोड रुपैयाँ बढी नाफा कमाए
ताजा खबरJust now

वाणिज्य बैंकहरूले दुई महिनामा १७ अर्ब ८१ करोड रुपैयाँ बढी नाफा कमाए

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्ममा १७ अर्ब ८१ करोड रुपैयाँ बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्ममा २० वटा वाणिज्य बैंकले १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । अघिल्लो वर्ष २०८२/८३ को भदौसम्ममा यी बैंकहरूले १६ अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेका ...

कर्पोरट खबर
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
ताजा खबरJust now

सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट पूर्ण रूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपालबाट पूर्ण रूपमा बाहिरिएको हो। यसअघि असोज... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play