Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/वाणिज्य बैंकहरूले दुई महिनामा १७ अर्ब ८१ करोड रुपैयाँ बढी नाफा कमाए

वाणिज्य बैंकहरूले दुई महिनामा १७ अर्ब ८१ करोड रुपैयाँ बढी नाफा कमाए

Share:WhatsAppFacebookX (Twitter)Telegram
वाणिज्य बैंकहरूले दुई महिनामा १७ अर्ब ८१ करोड रुपैयाँ बढी नाफा कमाए

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्ममा १७ अर्ब ८१ करोड रुपैयाँ बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्ममा २० वटा वाणिज्य बैंकले १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । अघिल्लो वर्ष २०८२/८३ को भदौसम्ममा यी बैंकहरूले १६ अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्ममा बैंकहरूको नाफा ७.३२ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । चालु आर्थिक वर्षको भदौसम्म नबिल बैंकले एक अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले एक अर्ब ३२ करोड ७१ लाख रुपैयाँ कमाएको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ३५.३ प्रतिशतले बढेको छ । यसैगरी दोस्रो धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । अघिल्लो वर्ष भदौसम्म यो बैंकले एक अर्ब ६२ करोड ८२ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिसम्म ४.०७ प्रतिशतले बढेर एक अर्ब ६९ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तेस्रोमा सर्वाधिक नाफा कमाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ । चालु वर्षको भदौसम्म यो बैंकले एक अर्ब २७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।अघिल्लो वर्ष भदौसम्म बैंकले एक अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ०.९१ प्रतिशतले बढेको छ । नाफा वृद्धिदरका हिसाबले हिमालयन बैंक अगाडि रहेको छ । यो बैंकले समीक्षा अवधिसम्म ५७ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५५.१३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ३७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यसैगरी सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ । यो बैंकले चालु वर्षको भदौसम्म ४१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३५ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १७.३२ प्रतिशतले बढेको छ । चालु आवको सुरुआतमा अधिकांश बैंकले करोडौँ नाफा कमाए पनि एनआईसी एसिया बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सञ्चित नाफा भने ऋणात्मक रहेको छ । तथ्यांकअनुसार एनआइसी एसिया बैंकको सञ्चित नाफा सबैभन्दा बढी १० अर्ब ६७ करोड रुपैयाँ ऋणात्मक छ । हिमालयन बैंकको सञ्चित नाफा ९ अर्ब ८४ करोड रुपैयाँ, प्रभु बैंकको ६ अर्ब ३१ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पाँच अर्ब आठ करोड रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको समेत सञ्चित नाफा ६४ करोड रुपैयाँले ऋणात्मक देखिएको छ । न्युज एजेन्सी नेपाल The post वाणिज्य बैंकहरूले दुई महिनामा १७ अर्ब ८१ करोड रुपैयाँ बढी नाफा कमाए appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

सातै प्रदेशको साझा माग: वित्तीय अधिकार र विकासमा सहकार्य
ताजा खबरJust now

सातै प्रदेशको साझा माग: वित्तीय अधिकार र विकासमा सहकार्य

शशिधर पराजुलीविराटनगर, असोज २८ गते । सातै प्रदेशका मुख्यमन्त्रीहरूले वित्तीय सङ्घीयताको कार्यान्वयन, विकास आयोजनामा प्रदेशको अधिकार विस्तार र प्रहरी समायोजनलाई प्राथमिकता दिँदै साझ... ...

गोरखापत्र
२ साता ढिलो गरी बाहिरियो मनसुन, दशैंमा कस्तो रहला मौसम ?
ताजा खबरJust now

२ साता ढिलो गरी बाहिरियो मनसुन, दशैंमा कस्तो रहला मौसम ?

काठमाण्डु– नेपालबाट यस वर्षको मनसुन पूर्णरूपमा बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज २८ गते देशका सबै भूभागबाट मनसुन बाहिरिएको हो। यस वर्ष असोज १७ गतेदेखि पश्चिमी तथा उत्तरी भूभागका केही स्थानबाट मनसुन बाहिरिन थालेको थियो। सामान्यतया नेपालमा जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ। तर यस वर्ष जुन १९ अर्थात् […] ...

काठमाण्डुपाटी
चीनको व्यापार बचत नौ महिनामै ९३८ अर्ब डलर, नयाँ कीर्तिमानको सम्भावना
ताजा खबरJust now

चीनको व्यापार बचत नौ महिनामै ९३८ अर्ब डलर, नयाँ कीर्तिमानको सम्भावना

• चीनको व्यापार बचत सन् २०२६ को पहिलो नौ महिनामा ९३८ अर्ब अमेरिकी डलर पुगेको छ, सेप्टेम्बरमा निर्यातमा ३६.३ प्रतिशतको वृद्धि भएको छ। • चीनको मासिक व्यापार बचत अगस्टको ११९.१ अर्ब डलरबाट बढेर सेप्टेम्बरमा १३३.५ अर्ब डलर पुगेको छ, तर घरजग्गा क्षेत्रको मन्दी चुनौतीका रूपमा रहेको छ। • चीनले घरेलु माग बढाउन विभिन्न उपायहरू अपनाइरहेको छ, तर आन्तरिक मागलाई दिगो ...

नेपालबहस
दशैँको किनमेलमा महँगीको मार, उपभोक्ता भन्छन्– ‘नमनाएर पनि भएन’
ताजा खबरJust now

दशैँको किनमेलमा महँगीको मार, उपभोक्ता भन्छन्– ‘नमनाएर पनि भएन’

काठमाडौं । दशैँ नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ । चाडपर्वका लागि लत्ताकपडा, खाद्यान्न र अन्य आवश्यक सामग्री खरिद गर्न बजारमा उपभोक्ताको चहलपहल बाक्लिएको हो । काठमाडौंका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धारा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर र पुतलीसडकलगायतका क्षेत्रमा दशैँको किनमेल गर्नेको भीड देखिएको छ । […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play