Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपाली कांग्रेस निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण

नेपाली कांग्रेस निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली कांग्रेस निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा सङ्कलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरेको छ । पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई आर्थिक अभाव नहोस् भन्ने उद्देश्यले सो रकम बराबरको चेक हस्तान्तरण गरिएको निर्वाचन समितिले जनाएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सम्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिको खातामा जम्मा भएको मौज्दात रकमबाट १ करोड रुपैयाँ पार्टी केन्द्रीय कार्यालयलाई हस्तान्तरण गरिएको हो । निर्वाचन समितिले निर्वाचन सम्पन्न गर्ने क्रममा सङ्कलित कुल रकमको हिसाबकिताब टुङ्ग्याउने कार्य जारी रहेको जनाएको छ । निर्वाचन समितिका पदाधिकारीहरूले महाधिवेशनका क्रममा कुनै पनि किसिमको व्यक्तिगत पारिश्रमिक वा भत्ता नलिई स्वयंसेवी रूपमा कार्यसम्पादन गरेको स्पष्ट पारेका छन् । सोही नि:स्वार्थ योगदानका कारण बचेको रकम पार्टीको सङ्गठनात्मक सुदृढीकरण तथा नवनिर्वाचित नेतृत्वको कार्यसम्पादनलाई सहज बनाउन हस्तान्तरण गरिएको समितिले स्पष्ट पारेको छ । नवनिर्वाचित नेतृत्वलाई केवल शुभकामना दिएर नपुग्ने भन्दै राजनीतिक तथा सङ्गठनात्मक अभियान सञ्चालन गर्न आर्थिक स्रोत अनिवार्य हुने निर्वाचन समितिको ठहर छ । सोही आवश्यकतालाई ध्यानमा राखी गगनकुमार थापासहितको नयाँ टोलीलाई काम गर्न सहज होस् भन्ने हेतुले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको समितिले जानकारी दिएको छ । The post नेपाली कांग्रेस निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ [फोटोफिचर]
ताजा खबरJust now

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ [फोटोफिचर]

नेपाली सेनाले हरेक वर्ष बडादसैँको फूलपातीका दिन टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दै आएको छ। यो समारोह नेपाली संस्कृति, परम्परा र सैनिक गौरवको प्रतीकका रूपमा लिइन्छ। ...

कान्तिपुर
टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति पौडेललाई सलामी
ताजा खबरJust now

टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति पौडेललाई सलामी

काठमाडौँ, असोज ३१ गते । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह आयोजना गरेको छ।समारोहमा राष्ट्रपति रामचन्द्र... ...

गोरखापत्र
फूलपातीका अवसरमा टुँडिखेलमा सेनाको बढाइँ, राष्ट्रपति र प्रधानमन्त्री सहभागी [तस्वीरहरु]
ताजा खबरJust now

फूलपातीका अवसरमा टुँडिखेलमा सेनाको बढाइँ, राष्ट्रपति र प्रधानमन्त्री सहभागी [तस्वीरहरु]

काठमाडौं । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह आयोजना गरेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सहभागी हुनुभएको थियो। त्यसैगरी प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सरकारका उच्चपदस्थ अधिकारी तथा अन्य विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो। समारोहमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई ...

हिमालय टाइम्स
कुटपिटबाट बालाजुमा युवकको मृत्यु, एक जना पक्राउ
ताजा खबरJust now

कुटपिटबाट बालाजुमा युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौँको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्ने २० वर्षीय सुवाश तामाङ रहेका छन्। तामाङ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकारबिच काठमाडौं महानगरपा... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play