म्याक्स टाइगरको दशैं धमाका : थप दुई जनाले जिते स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत थप दुई उपभोक्ताले स्कुटर र मोटरसाइकल जितेका छन् । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जित्दा धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका हुन् । कम्पनीका अनुसार पछिल्ला दुई विजेता थपिएसँगै अभियानअन्तर्गत हालसम्म स्कुटर र मोटरसाइकल जित्नेको संख्या पाँच पुगेको छ । यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका थिए भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका थिए । जीवनमै पहिलोपटक ठूलो पुरस्कार जितेका ठोकरका लागि यो उपलब्धि विशेष बनेको छ । म्याक्स टाइगर इनर्जी ड्रिंकको एक क्यान खरिद गर्दा पुरस्कार जित्ने अवसर पाएका उनले दशैंमा नयाँ स्कुटर पाएका हुन् । भियानअन्तर्गत १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । त्यस्तै, एक जना भाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्नेछन् । हालसम्म पाँच जना विजेता सार्वजनिक भइसकेका छन् । कम्पनीका अनुसार अब ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा प्रोटोन कारको पुरस्कार घोषणा हुन बाँकी छ । त्यसैले अभियानमा सहभागी उपभोक्तामाझ थप पुरस्कार जित्ने उत्सुकता कायम रहेको कम्पनीले जनाएको छ । बनेपादेखि बुटवल, धादिङदेखि धनगढी र सुर्खेतसम्मका उपभोक्ताले पुरस्कार जितेसँगै अभियान विभिन्न स्थानमा पुगेको छ । दशैंको उत्साहलाई आकर्षक पुरस्कारसँग जोड्ने उद्देश्यले सुरु गरिएको अभियानले उपभोक्तालाई पुरस्कार जित्ने अवसर प्रदान गरिरहेको कम्पनीको भनाइ छ । स्कुटर र मोटरसाइकलका थप विजेता सार्वजनिक हुँदै गर्दा सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको विजेता घोषणा हुन बाँकी छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित, रोशन केसी पुनः अध्यक्ष
माछापुच्छ्रे बैंक लिमिटेडको २८औँं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभाले बैंकको संस्थापक सेयरधनीको तर्फबाट रोशन के.सी, मुकुन्द महत तथा कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ भने सर्वसाधारण सेयर धनिको तर्फबाट विश्व प्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरेको छ । साथै त्यसपश्चात बसेको बैंक संचालक समितिको बैंठकले बैंक संचालक समितिको अध्यक्ष पदमा आगामी ४ वर्षे कार्यकालका लागि रोशन के.सी.लाई ...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त
लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ३३० औं बैठकले कात्तिक १५ देखि लागु हुने गरी सीईओमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो । हाल भट्टराई बैंकको सिनियर डेपुटी सीईओका रुपमा कार्यरत छन् । भट्टराईको कार्यकाल ४ वर्ष अवधिको हुनेछ । हाल बैंकको सीईओ पद अजयबिक्रम शाहले सम्हाल्दै आएका छन् । शाहको दुई ...

मङ्गलदीप अगरबत्तीको मन्दिर केन्द्रित प्रवर्द्धन अभियान
सूर्य नेपाल भेन्चर्स प्रा.लि. अन्तर्गतको मङ्गलदीप अगरबत्तीले दसैँको अवसर पारेर काठमाडौं उपत्यकाका प्रमुख मन्दिर परिसरमा प्रवर्द्धन अभियान सुरु गरेको छ । मङ्गलदीप Scent 3-in-1 को बजार विस्तार तथा उपभोक्तासँगको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सुरु गरिएको अभियान आश्विन २५ देखि कार्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । अभियान नक्साल भगवती, शोभा भगवती र इन्द्रायणी मन्दिर परिसरमा सञ्चालन भइरहेको छ भने शुक्रबारदेखि गुजेश्वरी मन्दिर (बालाजु) ...


