मङ्गलदीप अगरबत्तीको मन्दिर केन्द्रित प्रवर्द्धन अभियान

सूर्य नेपाल भेन्चर्स प्रा.लि. अन्तर्गतको मङ्गलदीप अगरबत्तीले दसैँको अवसर पारेर काठमाडौं उपत्यकाका प्रमुख मन्दिर परिसरमा प्रवर्द्धन अभियान सुरु गरेको छ । मङ्गलदीप Scent 3-in-1 को बजार विस्तार तथा उपभोक्तासँगको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सुरु गरिएको अभियान आश्विन २५ देखि कार्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । अभियान नक्साल भगवती, शोभा भगवती र इन्द्रायणी मन्दिर परिसरमा सञ्चालन भइरहेको छ भने शुक्रबारदेखि गुजेश्वरी मन्दिर (बालाजु) परिसरमा पनि सुरु गरिने कम्पनीले जनाएको छ । दैनिक बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने अभियानमा तालिमप्राप्त सहजकर्ताले उपभोक्तालाई उत्पादनबारे जानकारी दिने, प्रत्यक्ष अन्तरक्रिया गर्ने, नमुना वितरण गर्ने तथा बिक्री प्रवर्द्धन गर्नेछन् । अभियान अवधिभर २० हजार नमुना प्याकेट वितरण गर्ने लक्ष्य राखिएको छ । मङ्गलदीप Scent 3-in-1 अभियानको मुख्य आकर्षणका रूपमा रहेको छ । एउटै प्याकेटमा परफ्युमबाट प्रेरित ‘एब्सोलुट’, ‘रोयल’ र ‘इन्टेन्सिटी’ गरी तीन प्रकारका प्रिमियम सुगन्ध समावेश गरिएको कम्पनीले जनाएको छ । चारकोलरहित उत्पादन र लामो समयसम्म टिकिरहने सुगन्धलाई यसको विशेषताका रूपमा प्रस्तुत गरिएको छ । अभियानमा मङ्गलदीपका ल्यावेन्डर, चन्दनलगायत अन्य उत्पादन पनि प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् । अभियानस्थलमा उपलब्ध उत्पादन खरिद गर्दा १० प्रतिशत छुट दिइनेछ । यसअनुसार नियमित १०० रुपैयाँ पर्ने उत्पादन ९० रुपैयाँमा खरिद गर्न सकिनेछ । यस अभियानले उपभोक्तालाई विभिन्न सुगन्धको प्रत्यक्ष अनुभव लिन, उत्पादनबारे जानकारी प्राप्त गर्न र छुटसहित खरिद गर्न सहज अवसर प्रदान गर्ने कम्पनीको अपेक्षा छ । मङ्गलदीपका चन्दन, चम्पा, अर्पण, ज्यास्मिन, म्यारिगोल्ड र ल्यावेन्डरलगायत विभिन्न सुगन्धका अगरबत्ती तथा धूपका उत्पादन नेपालभर उपलब्ध छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित, रोशन केसी पुनः अध्यक्ष
माछापुच्छ्रे बैंक लिमिटेडको २८औँं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभाले बैंकको संस्थापक सेयरधनीको तर्फबाट रोशन के.सी, मुकुन्द महत तथा कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ भने सर्वसाधारण सेयर धनिको तर्फबाट विश्व प्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरेको छ । साथै त्यसपश्चात बसेको बैंक संचालक समितिको बैंठकले बैंक संचालक समितिको अध्यक्ष पदमा आगामी ४ वर्षे कार्यकालका लागि रोशन के.सी.लाई ...

म्याक्स टाइगरको दशैं धमाका : थप दुई जनाले जिते स्कुटर र मोटरसाइकल
म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत थप दुई उपभोक्ताले स्कुटर र मोटरसाइकल जितेका छन् । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जित्दा धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका हुन् । कम्पनीका अनुसार पछिल्ला दुई विजेता थपिएसँगै अभियानअन्तर्गत हालसम्म स्कुटर र मोटरसाइकल जित्नेको संख्या पाँच पुगेको छ । यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा ...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त
लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ३३० औं बैठकले कात्तिक १५ देखि लागु हुने गरी सीईओमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो । हाल भट्टराई बैंकको सिनियर डेपुटी सीईओका रुपमा कार्यरत छन् । भट्टराईको कार्यकाल ४ वर्ष अवधिको हुनेछ । हाल बैंकको सीईओ पद अजयबिक्रम शाहले सम्हाल्दै आएका छन् । शाहको दुई ...


