दशैं अवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक

काभ्रे।नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको जनाएको छ। जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार असोज ३१ देखि कात्तिक ९ गतेसम्म जिल्लाभित्र टिपर सञ्चालन नगर्न/नगराउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिए। उनले दशैंका समयमा बिपी राजमार्ग र अरनिको राजमार्गलगायत जिल्लाका प्रमुख सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा यात्रुवाहक सवारीसाधनको आवागमन सहज र सुरक्षित बनाउन उक्त निर्णय गरिएको बताए। प्रशासनले तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न/नगराउन सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

पोप लियो चौधौँको शल्यक्रिया सफल
काठमाडाैँ । फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो । होली सी... ...

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
काठमाडौँ, असोज २८ गते । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेस... ...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंसहित देशका चार जिल्लाबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, बर्दिया, कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ३०० ग्राम खैरो हेरोइनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी ...

२४ वर्षदेखि लक्ष्मी सनराइजमै थिए सुमेद, कात्तिक १५ बाट सम्हाल्नेछन् बैंकको ‘कमान्ड’
लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने भएका छन्। बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका भट्टराईलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो। बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी सचिव पियुषराज अर्यालका अनुसार उनको नियुक्ति कात्तिक १५... ...


