काठमाडौँमा ट्राफिक कारबाही: तीन दिनमा २९४ चालक कारबाहीमा

काठमाडौं। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सवारी साधनमाथिको निगरानी र कारबाहीलाई तीव्रता दिएको छ। घटस्थापनाको दिन असोज २५ गतेदेखि मंगलबारसम्मको अवधिमा २९४ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ। विशेष ट्राफिक चेकजाँचका क्रममा यान्त्रिक अवस्था ठीक नभएका ६० वटा सार्वजनिक सवारी साधन र तीव्र गतिमा चलाइएका ७६ वटा सवारी साधनलाई कारबाही गरिएको हो। यसैगरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १४९ जना चालक कारबाहीमा परेका छन्। उक्त संख्यामध्ये ९ जना सार्वजनिक सवारी साधनका चालक रहेका छन्। साथै लागुऔषध सेवन (लापसे) गरी सार्वजनिक सवारी साधन चलाउने ९ जना चालकलाई पनि प्रहरीले कारबाही गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

बाढीले क्षति पुर्याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण
म्याग्दी । म्याग्दी नदीमा गएको बाढीले क्षति पुर्याएको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्ड पुनःनिर्माण भएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि म्याग्दी नदीको... ...

सभामुख अर्याल स्वदेश फिर्ता
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आइपियू) को १५३औँ महासभामा सहभागी भई नेपाल फर्किएका छन्। उनी १८ असोजमा अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान गरेका थिए। उनीसँगै प्रतिनिधिमण्डलमा सभामुखकी धर्मपत्नी अम्बिका केसी, प्रतिनिधि सभाका सदस्य रविन महत्तो, राष्ट्रिय सभाका सदस्य झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी थिए। तान्जानियाको अरुषा सहरमा आयोजना भएको अन्तरव्यवस्थापिका संघको १५३औँ महासभा ५ देखि ...

धनकुटामा २० व्यक्तिबाट रक्तदान
धनकुटा। धनकुटामा २० व्यक्तिले रक्तदान गरेका छन्। ७१औँ प्रहरी दिवसको अवसरमा रक्तदान गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाको प्राङ्गणमा मंगलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रक्तसञ्चार शाखासँगको सहकार्यमा रक्तदान... ...

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ । प्रदेश सभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बहिष्कारकाबीच आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएसँगै करिब तीन महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो । आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु. ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । ...


