Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ । प्रदेश सभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बहिष्कारकाबीच आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएसँगै करिब तीन महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो । आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु. ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद चर्किएपछि त्यसयत प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो । बजेट विवाद समाधान गर्न सत्ताको नेतृत्वकर्ता दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बजेट संशोधन तथा विवादित विषयको छानबिन गर्न र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमत भएपछि प्रक्रिया अगाडि बढेको थियो । यहाँ बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट रु. एक अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भइ प्राप्त हुने अनुमानित रकम रु १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रहेको छ । संघीय रोयल्टी बाँडफाँटवापत प्राप्त हुने रु सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु नौ अर्ब छ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने रु. नौ अर्ब ६५ करोड, ससर्त अनुदानबाट प्राप्त हुने रु. छ अर्ब तीन करोड ५८ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने रु. ३८ करोड ८० लाख र विशेष अनुदानबाट रु. ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान रहेको छ । यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि बजेट पारित हुन सकेको थिएन । सोही असार २९ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा नेपाली कम्युनिष्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । प्रदेशसभाको आजको अर्को बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको सभामुख भण्डारीले सभालाई जानकारी गराए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव
ताजा खबरJust now

गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव

• गृहमन्त्री सुधन गुरुङले जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न 'बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा' निर्माणको प्रस्ताव गरेका छन्। • उहाँले भारतको नयाँ दिल्लीमा सम्पन्न बिम्स्टेक गृहमन्त्रीस्तरीय बैठकमा संयुक्त कार्यदल गठनको प्रस्ताव राखेका छन्। • बैठकमा आतङ्कवाद, लागु औषध, मानव बेचबिखन, र साइबर अपराध नियन्त्रणका लागि सुरक्षित सूचना आदानप्रदान र प्रभावकारी समन्वयमा जोड दिएका छन्। ...

नेपालबहस
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई  नामियाकाे १५ बुँदे ज्ञापनपत्र
ताजा खबरJust now

कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई  नामियाकाे १५ बुँदे ज्ञापनपत्र

काठमाडौँ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र व्यावसायीकरणका लागि कृषि यान्त्रीकरणमैत्री नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। संघका अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई भेट गरी १५ बुँदे ज्ञापनपत्र बुझाउँदै कृषि यन्त्र तथा प्रविधिको पहुँच विस्तार र स्वदेशी उद्योगको प्रवर्द्धनका लागि नीतिगत सुधार गर्न आग्रह गरेको ...

लुम्बिनी सञ्चार

टक्सार
‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दशैँ मनाउने रहर हुन्छ’
ताजा खबरJust now

‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दशैँ मनाउने रहर हुन्छ’

काठमाडौं । हिन्दुहरूको महान् पर्व दशैँ तथा तिहारको अवसर छ । रोजगारी तथा कामको सिलसिलामा स्वदेश तथा विदेशका गएका सबै नेपालीहरू राष्ट्रिय पर्व मनाउन घर फर्कँदैछन् । लामो समयदेखि परिवार, आफन्तजन र साथीभाइ भेट्न नपाएका सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको मिलन दशैँ, तिहार, छठ तथा नेपाल संवतले गराउँदैछ । परिवार, आफन्त, साथीसङ्गीबीचको सङ्गमको पर्व […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play