Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशैँअघि नै आरुघाट पुल सञ्चालनमा ल्याउने तयारी, पुनर्निर्माणको काम तीव्र

दशैँअघि नै आरुघाट पुल सञ्चालनमा ल्याउने तयारी, पुनर्निर्माणको काम तीव्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैँअघि नै आरुघाट पुल सञ्चालनमा ल्याउने तयारी, पुनर्निर्माणको काम तीव्र

काठमाडौँ। बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुल दशैँअघि नै पुन: सञ्चालनमा ल्याउने गरी सरकारले काम तीव्र पारेको छ। आइतबार बिहान आएको बाढीले पुलको तीन खण्डमध्ये गोरखातर्फको २२ मिटर लामो आरसीसी संरचना बगाएको थियो। बाढीबाट पुलको ट्रस संरचना भने सुरक्षित रहेकाले सोही संरचनाको उपयोग गरी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने तयारी गरिएको हो। प्राविधिक टोलीले क्षतिग्रस्त पुलको अवस्थाबारे मूल्यांकन गरी बाँकी रहेको संरचनामा बेलिब्रिज जडान गर्न सकिने सम्भावना देखाएपछि सरकारले जडानको काम अघि बढाएको छ। दशैँअगावै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित बेलिब्रिज जडानको काम तीव्र गतिमा अघि बढाइएको छ। The post दशैँअघि नै आरुघाट पुल सञ्चालनमा ल्याउने तयारी, पुनर्निर्माणको काम तीव्र appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

सबै दल असफल भए, देशलाई निकास दिने शक्ति राप्रपा मात्रै हो : अध्यक्ष लिङ्देन
ताजा खबरJust now

सबै दल असफल भए, देशलाई निकास दिने शक्ति राप्रपा मात्रै हो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चितता र अन्योल बढिरहेको उल्लेख गर्दै देशलाई निकास दिन राप्रपा मात्रै सक्षम रहेको दाबी गर्नुभएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले अन्य राजनीतिक दलहरू असफलताको बाटोतर्फ अघि बढिरहेको टिप्पणी गर्नुभएको हो। अध्यक्ष लिङ्देनले परम्परागत कार्यशैलीबाट मात्रै पार्टीलाई बलियो बनाउन नसकिने बताउँदै नेतृत्वदेखि कार्यकर्तासम्म सबैले ...

हिमालय टाइम्स
राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी २ अध्यादेश जारी
ताजा खबरJust now

राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी २ अध्यादेश जारी

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी कानुन संशोधन गर्ने २ वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद् बैठकको सिफारिसमा मंगलबार २ अध्यादेश जारी गरेका हुन् । जारी भएका अध्यादेशमा ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन […] ...

काठमाण्डुपाटी
चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित रहने आईएमएफको प्रक्षेपण
ताजा खबरJust now

चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित रहने आईएमएफको प्रक्षेपण

• अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चीनको आर्थिक वृद्धिदर यस वर्ष ४.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ, जुन जुलाईको अनुमानभन्दा ०.१ प्रतिशत कम हो। • भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन चीनको तुलनामा उल्लेख्य रूपमा बढाइएको छ। • दक्षिण कोरिया र ताइवानको आर्थिक वृद्धिदर क्रमशः ३.३ प्रतिशत र १०.७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play