Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हुलाक सेवा सुधार्न बजेट, जनशक्ति र प्रविधि आवश्यक : महानिर्देशक पंगेनी

हुलाक सेवा सुधार्न बजेट, जनशक्ति र प्रविधि आवश्यक : महानिर्देशक पंगेनी

10/13/2026, 3:33:15 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
हुलाक सेवा सुधार्न बजेट, जनशक्ति र प्रविधि आवश्यक : महानिर्देशक पंगेनी

काठमाडौं । हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवाको प्रभावकारिता बढाउन पर्याप्त बजेट, दक्ष जनशक्ति र प्रविधिमा लगानी आवश्यक रहेको बताएकी छन्। विभागको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले सीमित स्रोतसाधनका कारण सेवा सुधारमा चुनौती रहेको बताइन्। उनकाअनुसार कर्णाली प्रदेशमा डाँक ढुवानीको बजेट ६० प्रतिशतले घटेको छ। यातायात व्यवसायीको सहयोग तथा उपलब्ध सवारीसाधनको साझा प्रयोगबाट ढुवानी व्यवस्थापन गर्ने प्रयास भइरहेको उनले जानकारी दिइन्। पंगेनीले बदलिँदो आवश्यकताअनुसार हुलाक सेवामा सूचना प्रविधिसम्बन्धी छुट्टै शाखा स्थापना गर्नुपर्नेमा जोड दिइन्। अन्तर्राष्ट्रिय हुलाक प्रणालीमा हुने परिवर्तनअनुसार सेवा अद्यावधिक गर्न र विभिन्न सफ्टवेयर सञ्चालन गर्न कर्मचारीलाई नियमित प्रविधिमैत्री तालिम आवश्यक रहेको उनको भनाइ छ। उनले सीमित स्रोतसाधनका बाबजुद हुलाक सेवामा सुधारका प्रयास भइरहेको उल्लेख गर्दै स्थानीय तहको सहयोगमा कार्यालयहरूमा कम्प्युटरलगायत उपकरणको व्यवस्था गर्न थालिएको बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

दोषी देखिए सांसद खगेन्द्र सुनारमाथि कारवाही हुनेछ -कविन्द्र बुर्लाकोटी
ताजा खबरJust now

दोषी देखिए सांसद खगेन्द्र सुनारमाथि कारवाही हुनेछ -कविन्द्र बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले अडियो प्रकरणमा दोषी देखिए सांसद खगेन्द्र सुनारमाथि कारवाही हुने स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले सुनारको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगले छानबिन सुरु गरिसकेको र दोषी देखिए कारवाही हुने स्पष्ट पारेका हुन् । उनले छानबिन प्रक्रिया टुङ्गोमा नपुग्दासम्म सुनारलाई पदीय हैसियतमा कुनै पनि औपचारिक कार्यक्रमहरूमा सहभागी ...

केन्द्रबिन्दु
विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक प्रचण्डको अपिल
ताजा खबरJust now

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक प्रचण्डको अपिल

रसुवा।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असरबाट जोखिम भोगिरहेको नेपाललाई सघाउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन्। रसुवा–भोटेकोशी बाढीबाट अतिप्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न आज रसुवाको स्याफ्रुबेंसी पुगेका उनले विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण नेपालले हिमपहिरो तथा बाढी जस्ता विपद्को सामना गर्नुपरेको उल्लेख गरे। पूर्व प्रधानमन्त्री दाहालले स्याफ्रुबेंसीको पुल तत्काल पुनर्निर्माण गर्न ...

नेपालन्युज
तारकेश्वरमा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ
ताजा खबरJust now

तारकेश्वरमा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ। काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिको... ...

रातोपाटी
अस्तव्स्त छ ‘सप्लाई चेन’, दसैँको मुखमा महँगी र अभावसँग जुध्दैछन् उपभोक्ता (भिडियो)
ताजा खबरJust now

अस्तव्स्त छ ‘सप्लाई चेन’, दसैँको मुखमा महँगी र अभावसँग जुध्दैछन् उपभोक्ता (भिडियो)

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ सुरू भइसकेको छ । तर यस वर्ष काठमाडौँ उपत्यका र आसपासका बासिन्दाको मनमा भने विगतका वर्षहरूमा जस्तो दसैँको उल्लास र उमंग छैन । कारण... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play