विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक प्रचण्डको अपिल

रसुवा।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असरबाट जोखिम भोगिरहेको नेपाललाई सघाउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन्। रसुवा–भोटेकोशी बाढीबाट अतिप्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न आज रसुवाको स्याफ्रुबेंसी पुगेका उनले विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण नेपालले हिमपहिरो तथा बाढी जस्ता विपद्को सामना गर्नुपरेको उल्लेख गरे। पूर्व प्रधानमन्त्री दाहालले स्याफ्रुबेंसीको पुल तत्काल पुनर्निर्माण गर्न र रसुवागढीसम्म सडक सञ्जाल विस्तार गर्न सरकारलाई आग्रह गरे। उनले बाढीबाट भएको अकल्पनीय क्षतिप्रति दुःख समेत व्यक्त गरे। संयोजक दाहाल जिल्ला समन्वय समितिले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी भए। उनले सडक सञ्जाल विस्तार र आवास पुनर्निर्माणलाई अबको मुख्य कामका रूपमा अघि बढाउनु पर्ने बताए। आफूले संसद् र सरकारको ध्यानाकर्षण गराउने उल्लेख गर्दै स्याफ्रुबेंसीमा बेलीब्रिज निर्माण तथा सडक सञ्जाल विस्तारका लागि पहल गर्ने उनले बताए। खोज, उद्धार तथा राहतमा खटिएका सुरक्षा निकाय, स्थानीय सरकार र जनप्रतिनिधिलाई उनले धन्यवाद दिए। दाहालले नदी किनारबाट कति दूरीसम्म घर निर्माण गर्न पाइने भन्ने स्पष्ट मापदण्ड तत्काल बनाउन पनि सरकारलाई आग्रह गरे।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दुई महिनामा वाणिज्य बैंकले कमाए १७ अर्ब ८१ करोड नाफा
काठमाडौँ। आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वाणिज्य बैङ्कहरूले १७ अर्ब ८१ करोड नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैङ्कहरूले यो अवधिका कुल नाफामा ७.३३ प्रतिशत वृद्धि... ...

नुवाकोटका तीन विद्यालयमा बाँडियो न्यानो कपडा
नुवाकोटको बेलकोटगढी नगरपालिकाका तीन विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ। उक्त पालिका करुणाकर आधारभूत विद्यालय, महामाया माध्यमिक विद्यालय र महादेव माध्यमिक विद्यालयमा सामाजिक अभियन्ता सन्तोषी ढुंगानाको टोलीले न्यानो कपडा वितरण गरेको हो। अभियन्ता ढुंगानाले यी तीन विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको जानकारी दिइन्। उनले विद्यार्... ...

नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव १२ अंकले बढेर दुई हजार ५९९ दशमलव ९३ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३५ अंकले बढेर ४७० दशमलव १७ मा पुगेको छ। फ्लोट सूचक शून्य दशमलव ४९ अंकले बढेर १८० दशमलव ०२ मा ...

परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
काठमाडौँ, असोज २७ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानिएल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ ।मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच ने... ...


