दोषी देखिए सांसद खगेन्द्र सुनारमाथि कारवाही हुनेछ -कविन्द्र बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले अडियो प्रकरणमा दोषी देखिए सांसद खगेन्द्र सुनारमाथि कारवाही हुने स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले सुनारको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगले छानबिन सुरु गरिसकेको र दोषी देखिए कारवाही हुने स्पष्ट पारेका हुन् । उनले छानबिन प्रक्रिया टुङ्गोमा नपुग्दासम्म सुनारलाई पदीय हैसियतमा कुनै पनि औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन दिइएको बताए । केही प्रमाणहरूसहित बाहिर देखिएकाले अडियो सही वा नक्कली के हो भन्नेबारे विस्तृत छानबिन गर्न आयोगलाई जिम्मा दिइएको उनले बताए । उनले अडियो प्रकरणमा राज्यका कानुनहरू आकर्षित भए राज्यका सरकारी निकायहरूले गर्ने अनुसन्धानमा पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । उनले अनशासन आयोगले दोषी नदेखेमा वा गल्ती नभएको पाइएमा केही नहुने तर गल्ती देखिएमा पार्टी नियमानुसार कारबाही हुने उल्लेख गरे ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दुई महिनामा वाणिज्य बैंकले कमाए १७ अर्ब ८१ करोड नाफा
काठमाडौँ। आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वाणिज्य बैङ्कहरूले १७ अर्ब ८१ करोड नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैङ्कहरूले यो अवधिका कुल नाफामा ७.३३ प्रतिशत वृद्धि... ...

नुवाकोटका तीन विद्यालयमा बाँडियो न्यानो कपडा
नुवाकोटको बेलकोटगढी नगरपालिकाका तीन विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ। उक्त पालिका करुणाकर आधारभूत विद्यालय, महामाया माध्यमिक विद्यालय र महादेव माध्यमिक विद्यालयमा सामाजिक अभियन्ता सन्तोषी ढुंगानाको टोलीले न्यानो कपडा वितरण गरेको हो। अभियन्ता ढुंगानाले यी तीन विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको जानकारी दिइन्। उनले विद्यार्... ...

नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव १२ अंकले बढेर दुई हजार ५९९ दशमलव ९३ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३५ अंकले बढेर ४७० दशमलव १७ मा पुगेको छ। फ्लोट सूचक शून्य दशमलव ४९ अंकले बढेर १८० दशमलव ०२ मा ...

परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
काठमाडौँ, असोज २७ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानिएल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ ।मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच ने... ...


