नेपालबाट मनसुन बाहिरियो, स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौं । नेपालबाट मनसुन बाहिरिएको छ । बुधबार नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले एक बुलेटिन जारी गर्दै असोज २८ गते (अक्टोबर १४ तारिख २०२६ ) का दिनबाट यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बहिर्गमन भएको जनाएको छ। गत २०८३ असोज १७ गते (अक्टोबर ३ तारिख २०२६ ) का दिन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट यस वर्ष मनसुन बहिर्गमनक शुरुवात भएको थियो। नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भएतापनि यस वर्ष मनसुन १२ दिन ढिलो गरी बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको बहिर्गमन भएतापनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभाव भने नेपालमा रहेको छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउ गर्न सहज
ताप्लेजुङ समाचारदाताताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रको लोनाक खोलामा काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउमा सहज भएको छ । कञ्चनजङ्घा पदमार्गअन्तर्गत लोनाक... ...

आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडौं । नवरात्रको आज पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । ...

भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव
भैरहवा । भैरहवामा मेला तथा महोत्सव आयोजना गर्नेक्रम बढ्दै गए पनि व्यवस्थित प्रदर्शनीस्थलको अभावले आयोजक, व्यवसायी र सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । यही असोज २४ र २५ गते बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गत... ...

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही
• ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१ चालक र अन्य विभिन्न कारणले ६०, २४, १६, ३५ र ४२५ चालकलाई कारबाही गरिएको छ। • जाँच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको थियो। ...


