Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

काठमाडौँ। भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ। पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीका कारण त्रिशूली करिडोरमा रहेका १८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो। ती सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले जानकारी दिए। उनका अनुसार क्षतिग्रस्त पुलमध्ये ११ वटा झोलुङ्गे पुलमा बाढीका कारण लट्ठा बटारिएको, डेक तथा बिम बगाएको र साइडको जाली बगाएको लगायतका क्षति पुगेको थियो भने बाँकी सातवटा पुलमा सामान्य क्षति पुगेको थियो। अत्यधिक क्षति भएका ११ वटा पुलहरूको बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने तथा नयाँ स्टिल डेक र बिम जडान गर्ने, साइडको जाली राखी मर्मत गरिएको थियो भने बाँकी सातवटा पुलहरूको सामान्य मर्मत गरी सञ्चालनमा ल्याइएको उनको भनाइ छ। ती पुल मर्मतका लागि करिब साढे पाँच करोड रूपैयाँ खर्च भएको उनको भनाइ छ। सहसचिव बुढाथोकीका अनुसार बृहत मर्मत गरिएका पुलमा नुवाकोटको बेलकोटगढी–७ र तारकेश्वर–२ जोड्ने पिमलटार जागाराम झोलुङ्गे पुल, सोही जिल्लाको वेलकोटगढी–५ देखि धादिङको गल्छी–१ जोड्ने फोस्रेटार झोलुङ्गे पुल, बेलकोटगढी–८ र विदुर नगरपालिका–३ जोड्ने जिलिङस्थित झोलुङ्गे पुल, धादिङको सिद्धलेक–३ देखि बेनीघाट रोराङ–३ जोड्न्े झोलुङ्गे पुल छन्। साथै, नुवाकोटको बेलकोटगढी–५ केउरेनी गहते र धादिङको गल्छी–१ जोड्ने झोलुङ्गे पुल, धादिङको सिद्दलेक–६ र गजुरी–१ जोड्ने् झोलुङ्गे पुल, धादिङकै गल्छी–१ र गल्छी–६ जोड्ने महेशदोभान मास्टार झोलुङ्गे पुल, गल्छी–१ र वडा नं ४ जोड्ने झोलुङ्गे पुल, गल्छी–२ र वडा नं ४ जोड्ने शीतलबजार क्युरेनीटार झोलुङ्गे पुल, नुवाकोटको बेवकोटगढी–५ र धादिङको गल्छी–२ जोड्न कोल्पु कल्लेरीघाट पुल र गोरखाको गण्डकी–७ र धादिङको बेनीघाट रोराङ–७ जोड्ने झोलुङ्गे पुलको पनि बृहत् मर्मत गरिएको थियो। साथै गोरखाको गण्डकी–८ र धादिङको बेनीघाट रोराङ–५ जोड्ने बादरे झोलुङ्गे पुल सामान्य मर्मत गरी सञ्चालनमा ल्याइएको छ। सामान्य मर्मत गरिएका अन्य पुलमा धादिङको सिद्धलेक–६ र गजुरी–२ जोड्ने बिहानी पम्प झोलुङ्गे पुल, जिल्लाकै सिद्धलेक–५ देखि बेनीघाट रोराङ–३ जोड्ने मलेखु झोलुङ्गे पुल, धादिङकै गल्छी२–४ जोड्ने बेल्खु भुतिया झोलुङ्गे पुल, गोरखाको सहिद लखन–४ देखि चितवनको इच्छाकामना–४ जोड्ने कुरिनटार (लेवाटार) झोलुङ्गे पुल छन्। साथै धादिङको गल्छी–२ र ४ जाड्ने महादेवस्थान झोलुङ्गे पुल र गोरखाको गण्डकी–६ र चितवनको इच्छाकामना–३ जोड्ने फिस्लिङ झोलुङ्गे पुल छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

विपत् ‘बन्ड’ बनाउन सम्झौता
ताजा खबरJust now

विपत् ‘बन्ड’ बनाउन सम्झौता

गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज ३० गते । भूकम्पबाट हुन सक्ने हानिनोक्सानीका लागि तत्काल वित्तीय स्रोत जुटाउन विपत् बन्ड विकास गर्न नेपाल र विश्व बैङ्क समूह सहमत भएका छन् । यसका... ...

गोरखापत्र
आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै
ताजा खबरJust now

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ, असोज ३० गते । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।प्रत्येक वर्ष आश्विन... ...

गोरखापत्र
भोटेकोसी–त्रिशूली बाढीले क्षति पुगेका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
ताजा खबरJust now

भोटेकोसी–त्रिशूली बाढीले क्षति पुगेका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ। पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीका कारण त्रिशूली करिडोरमा रहेका १८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो । ती सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचि... ...

नेपालखबर
दसैँको छैटौँ दिन : कात्यायनी देवीको पूजा गरिँदै
ताजा खबरJust now

दसैँको छैटौँ दिन : कात्यायनी देवीको पूजा गरिँदै

काठमाण्डु – दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरूको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play