Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेसको मतगणना तीब्र : नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

कांग्रेसको मतगणना तीब्र : नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसको मतगणना तीब्र : नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

काठमाडौं।नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ। बडादशैंलाई ध्यानमा राखेर मतगणना कार्यलाई छिटो र प्रभावकारी बनाउन आज पनि औसतमा २५ वटा समूह बनाएर विभिन्न पदहरूको मतगणना एकसाथ अघि बढाइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। दुई क्लस्टरको मतगणना बिहान सकिएको छ भने ४ क्लस्टरको मतगणना जारी छ। अरु ६ क्लस्टरको गणना शुरू गर्ने तयारी भइरहेको उनको भनाइ छ। निर्वाचन समितिका अनुसार जनसम्पर्कतर्फबाट दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यहरूको मतगणना सकिएको छ भने पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदहरूको पनि गणना पूरा भएको छ। यसैगरी, पार्टीभित्र सबै वर्ग, भूगोल र युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने पदहरूको मतगणना अहिले उत्साहजनक रूपमा जारी रहेको छ। हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदहरूको मत गनिँदै छ। साथै, आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यहरू, भूगोलतर्फ सुदूरपश्चिम प्रदेशको खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्यहरू तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदहरूको मतगणना पनि तीव्र रूपमा भइरहेको छ। मतगणनालाई थप गति दिँदै बाँकी रहेका अन्य क्लस्टरहरूको गणना पनि थाल्ने तयारी मिलाइएको निर्वाचन समितिले जनाएको छ।जसअनुसार धेरैको चासो रहेको खुलातर्फका ४५ जना केन्द्रीय सदस्यहरूको मतगणना पनि थालिँदैछ। यसका साथै दलिततर्फको सहमहामन्त्री, खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्यहरू, अल्पसंख्यक तथा अपाङ्गतातर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यहरू, मधेसीतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्यहरू, खस–आर्यतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्यहरू तथा पेशागततर्फको खुला र महिला केन्द्रीय सदस्य पदहरूको मतगणना गर्न पनि तयारी भइरहेको कांग्रेसको मिडिया सेन्टरले जनाएको छ। एकै पटक २५ वटा टोली खटाइएका कारण मतगणना निकै द्रुत गतिमा अघि बढेको छ। यसले गर्दा छिट्टै सबै पदको अन्तिम परिणाम सार्वजनिक हुने र पार्टीले नयाँ तथा सशक्त नेतृत्व पाउने विश्वास गरिएको छ। मतगणनास्थल सानेपामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक र सौहार्दपूर्ण उपस्थिति रहेको छ। निर्वाचन समितिले बुधबारसम्म सबै परिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
ताजा खबरJust now

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

रातोपाटी
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
ताजा खबरJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

रातोपाटी
अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
ताजा खबरJust now

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री

​लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। ​सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

नेपालखबर
पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
ताजा खबरJust now

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्।  पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्।  पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play