Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

10/15/2026, 12:13:49 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२ हजार क्विन्टल चिनी मौज्दात रहेको र आवश्यकताअनुसार थप आयात गर्ने तयारी भइरहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताए । उनका अनुसार सरकारले उपलब्ध गराएको चिनी काठमाडौं उपत्यकामा प्रतिकिलो १०९ रुपैयाँ र उपत्यकाबाहिर ११० रुपैयाँमा बिक्री भइरहेको छ । चाडपर्वमा माग बढे पनि उपभोक्तालाई चिनीको अभाव हुन नदिने गरी मौज्दात र वितरण व्यवस्थापन गरिएको मिश्रले बताए । सरकारले उपलब्ध गराएको २५ हजार क्विन्टल चिनीमध्ये १० हजार क्विन्टल आइसकेको उनले जानकारी दिए । बाँकी १५ हजार क्विन्टल आवश्यकताअनुसार ल्याउने विषयमा तयारी भइरहेको छ । थप चिनी आयात गर्ने विषयमा अध्ययन भइरहेको भए पनि प्रक्रिया अन्तिम चरणमा नपुगेको उनले बताए । कम्पनीले मौज्दात रहेको चिनी खुद्रा बिक्रीका साथै डिलर, सहकारी र साझेदार संस्थामार्फत वितरण गरिरहेको छ । नेपालगञ्जमा भारतबाट सरकारीस्तरको समझदारी (जीटूजी) अन्तर्गत ल्याइएको चिनीसमेत मौज्दात राखिएको मिश्रले बताए । खाद्य कम्पनीले यस वर्ष साउन २८ देखि नै सहुलियत पसल सञ्चालनमा ल्याएको छ । यसअघि चाडपर्वलाई लक्षित गरेर सञ्चालन हुँदै आएका यस्ता पसललाई यस वर्षको बजेटअनुसार वर्षभरि सञ्चालन गर्ने लक्ष्य राखिएको मिश्रले बताए । हाल देशका ४४ जिल्लाका १९३ स्थानबाट सहुलियत पसल सञ्चालन भइरहेका छन् । सरकारले उपलब्ध गराएको ३ करोड ५० लाख रुपैयाँमध्ये हालसम्म करिब ७७ लाख रुपैयाँ खर्च भइसकेको छ । कम्पनीका अनुसार उपभोक्तालाई खाद्यान्न तथा अन्य वस्तुमा हालसम्म करिब ७६ लाख रुपैयाँ बराबरको छुट दिइएको छ । कम्पनीले उपलब्ध गराएको विवरणअनुसार विभिन्न प्रकारका चामलमा करिब १२ हजार क्विन्टल, फोर्टिफाइड चामलमा २ हजार ८१० क्विन्टल, तेलमा ३४२.४४ क्विन्टल, दाल तथा गेडागुडीमा २५३.६८ क्विन्टल र गहुँमा १२६ क्विन्टल बराबरको बिक्रीमा सहुलियत दिइएको छ । चिनीको बजार मूल्य घटेपछि त्यसमा दिइँदै आएको छुट भने बन्द गरिएको मिश्रले बताए । फोर्टिफाइड चामलप्रति उपभोक्ताको प्रतिक्रिया सकारात्मक रहेको उनको भनाइ छ । सहुलियत पसलमार्फत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदा बजार मूल्यको चापबाट उपभोक्तालाई राहत पुग्ने कम्पनीको अपेक्षा छ । दशैंका लागि खसीबोका तथा च्यांग्रा ल्याउने विषयमा भने कम्पनीले तत्काल निर्णय गरिसकेको छैन । बाढीपहिरो, सडक अवरोध र मौसमको अनिश्चितताका कारण जीवित पशु ढुवानीमा समस्या हुन सक्ने मिश्रले बताए । सडकमा लामो समय रोकिनुपर्दा पशुको तौल घट्ने तथा तापक्रम र ढुवानीको कठिनाइका कारण बाटोमै मर्ने जोखिम रहने भएकाले तत्काल खरिद तथा ढुवानी प्रक्रिया अघि नबढाइएको उनको भनाइ छ । धान खरिदको तयारी कम्पनीले किसानलाई उचित मूल्य दिलाउने उद्देश्यले धान खरिदको तयारी पनि गरिरहेको छ । यसका लागि खरिद विभागले प्रक्रिया अघि बढाइरहेको मिश्रले बताए । कम्पनीको गोदाम क्षमता र स्रोत सीमित भएकाले सबै किसानको धान खरिद गर्न सम्भव नहुने उनको भनाइ छ । त्यसैले उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै बजारमा मूल्य स्थिर राख्न सहयोग गर्ने र किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउन कम्पनीले कार्यक्रम तयार गरिरहेको छ । कम्पनीले सहुलियत पसलको मौज्दात र कारोबारको विवरण सफ्टवेयरमार्फत अद्यावधिक गर्ने गरेको जनाएको छ । यसबाट अनुगमन गर्ने निकायले कारोबार र मौज्दातको अवस्था प्रत्यक्ष हेर्न सक्ने तथा उपभोक्ताले पनि सहुलियत पसलबाट उपलब्ध वस्तुको लाभ लिन सक्ने मिश्रले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

मिस नेपाल वर्ल्ड दीपमाला नेपालगन्जमा दौडिने
OthersJust now

मिस नेपाल वर्ल्ड दीपमाला नेपालगन्जमा दौडिने

तेक्वान्दोकी ब्ल्याकबेल्ट र म्याराथन धाविका समेत रहेकी ढकाल नेपालगन्ज म्याराथनको १२औं संस्करणमा परोपकारी कार्यका लागि आर्थिक सहयोग जुटाउन उनी दौडिन लागेकी आयोजकले जनाएको छ । ...

अनलाइन खबर
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत
OthersJust now

पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत

२९ असोज, काठमाडौं । पूर्वसांसद् विनिता कठायत कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत भएकी छन् । उनलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मूल आयोजक समितिको सदस्यमा मनोनयन गरेका हुन् । दशौं राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको विभिन्न जिल्लामा सञ्चालन हुँदैछ । गत प्रतिनिधि सभा निर्वाचनमा… ...

अनलाइन खबर
राष्ट्रपति समक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस
OthersJust now

राष्ट्रपति समक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

२९ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगको प्रतिवेदन राष्ट्रप्रमुखसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ… ...

अनलाइन खबर
नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो (फोटो फिचर)
OthersJust now

नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो (फोटो फिचर)

शरदको नीलो आकाश, छत–छतबाट गुञ्जिने ‘चङ्गा चेट’ को आवाज र बजारको चहलपहल । हातैले बाँस र काठबाट बनाइएका लट्टाईदेखि मोटरले बेर्ने माँझासम्म । काठमाडौं उपत्यकाको मौलिक दशैँ चङ्गा संस्कृतिको जीवन्त इतिहास हो । यतिबेला शरद ऋतुको आगमनसँगै काठमाडौंको आकाश नीलो र कञ्चन बनेको छ । बिहान–बेलुकी चिसो सिरेटो चले पनि दिउँसोको पारिलो घाम र मन्द बतासले उपत्यकावासीलाई आफ्नै घरको छततिर ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play