Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो (फोटो फिचर)

नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो (फोटो फिचर)

10/15/2026, 12:44:07 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो (फोटो फिचर)

शरदको नीलो आकाश, छत–छतबाट गुञ्जिने ‘चङ्गा चेट’ को आवाज र बजारको चहलपहल । हातैले बाँस र काठबाट बनाइएका लट्टाईदेखि मोटरले बेर्ने माँझासम्म । काठमाडौं उपत्यकाको मौलिक दशैँ चङ्गा संस्कृतिको जीवन्त इतिहास हो । यतिबेला शरद ऋतुको आगमनसँगै काठमाडौंको आकाश नीलो र कञ्चन बनेको छ । बिहान–बेलुकी चिसो सिरेटो चले पनि दिउँसोको पारिलो घाम र मन्द बतासले उपत्यकावासीलाई आफ्नै घरको छततिर तानिरहेको छ । दशैँ शुरु भएसँगै उपत्यकाका आकाशमा रङ्गीबिरङ्गी चङ्गाहरूको नृत्य शुरु भएको छ भने तल शहरका प्राचीन गल्लीहरूमा चङ्गा, लट्टाई र माँझा किन्नेहरूको उल्लेख्य भीड लागेको छ । असन, इन्द्रचोक, भेडासिं, नयाँ बजार, पाटन तथा ठमेल आसपासका गल्लीहरूमा अहिले चङ्गा व्यापार उत्कर्षमा पुगेको छ । सडकपेटीमा लहरै झुन्ड्याइएका बाँसका अग्ला लट्टाई, टेबुलमा कलात्मक ढङ्गले सजाइएका काठका रङ्गीचङ्गी चक्रहरू र थरीथरीका रिलहरूले गल्लीहरूलाई नै उत्सवमय बनाएका छन् । ‘यी केवल काठ र बाँसका लट्टाई होइनन्, पुस्तान्तरणको आत्मीय सम्झना हुन् । मोबाइल स्क्रिनमा हराइरहेको नयाँ पुस्तालाई खुला आकाशतर्फ डो¥याउने यो दशैँको सबैभन्दा जीवन्त उत्सव हो ।’ परम्परा र आधुनिकताः मेसिनको रफ्तारमा माँझापहिले–पहिले हातले घण्टौँ लगाएर लट्टाईमा धागो बेर्ने गरिन्थ्यो । तर आजभोलिको बजारमा प्रविधिको रोचक फड्को देख्न पाइन्छ । सडक किनारमै सानो विद्युतीय मोटर जडान गरिएको स्पुलिङ मेसिन राखेर द्रुत गतिमा रिलबाट लट्टाई र चक्कामा धारिलो माँझा भरिन्छ । धारिलो माँझाले हात नकाटोस् भनेर औँलामा सेतो मेडिकल टेप बेरेर धागोको गति मिलाइरहेका युवाहरू दिनरात ग्राहकको माग धान्न तल्लीन छन् । मिनेटमै सयौँ मिटर पक्का धागो भरिदिँदा ग्राहकहरू पनि लाइन बसेर आफ्नो पालो कुरिरहेका भेटिन्छन् । चन्द्र–सूर्यदेखि कार्टुनसम्मः चङ्गाको नयाँ कलेवरकागजी चङ्गाको मौलिक स्वाद अझै कायमै छ । रातो पृष्ठभूमिमा पहेँलो सूर्य भएको परम्परागत चङ्गासँगै यसपालि नेपालको राष्ट्रिय झण्डाका चन्द्र र सूर्य अंकित बैजनी चङ्गा युवाहरूको विशेष रोजाइमा परेको छ । अर्कोतर्फ, साना बालबालिकाहरूका लागि डोरेमोन, चील र चम्किला मेटालिक प्लास्टिकका चङ्गाहरू बजारमा थपिएका छन् । पानी वा शीतले नभिज्ने भएकाले अभिभावकहरू पनि साना नानीबाबुहरूका लागि यस्तै चङ्गा रोजिरहेका छन् । पुस्तान्तरणको खुशी र बाबुछोराको किनमेलसडकमा मोटरसाइकल र स्कुटर रोकेर आफ्ना छोराछोरीलाई चङ्गा छानिदिने बुबाहरू, हातमा गुलाबी चङ्गा र सानो सुन्तला लट्टाई समातेर खिलखिलाएर हाँस्ने सानी नानीहरू । यी दृश्यहरूले चङ्गा व्यापार केवल आर्थिक कारोबार मात्र नभएर पुस्तान्तरणको आत्मीय उत्सव भएको पुष्टि गर्छन् । आकाशमा चङ्गासँगै केवल धागो उड्दैन, उड्छ वर्षौंदेखिको नेपाली मनको उमङ्ग, हार्दिकता र दशैँको अनुपम उल्लास । बडादशैँको सबैमा हार्दिक मङ्गलमय शुभकामना ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

यात्रुको भीड व्यवस्थापन गर्न ढुङ्गेको झोलुङ्गे पुलमा प्रहरी परिचालन
OthersJust now

यात्रुको भीड व्यवस्थापन गर्न ढुङ्गेको झोलुङ्गे पुलमा प्रहरी परिचालन

नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुलमा पैदल यात्रुको चाप बढेपछि एकतर्फी आवतजावतको व्यवस्था गरिएको छ । पुलमा एकतर्फी यात्रा पूरा भएपछि मात्र अर्को तर्फका यात्रुलाई प्रवेश गराउने व्यवस्था मिलाइएको छ । दशैँका लागि जोहो गरिएका खसी बोका सहित यात्रा गरिरहेका यात्रुहरूलाई समेत व्यवस्थित रूपमा पुल पार गराउन नेपाल प्रहरी परिचालन गरिएको हो । ...

पर्दाफास
दिपकको सन्तानबारे दीपाको अनौठो भविष्यवाणी
OthersJust now

दिपकको सन्तानबारे दीपाको अनौठो भविष्यवाणी

काठमाडौं । फिल्म 'छ माया छपक्कै २' को ट्रेलर सार्वजनिक भएको छ । असोज ३१ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रको ट्रेलर रमाइलो हिसाबले तयार पारिएको छ । ट्रेलरमा दिपकराज गिरी र केकी अधिकारी श्रीमान-श्रीमतीको भूमिकामा देखिएका छन्। ७ वर्षअगाडि रिलिज 'छ माया छपक्कै' मा उनीहरूको विवाह भएको थियो । त्यहीँबाट निरन्तरता पाएको कथामा सन्तान प्राप्तिका… ...

अनलाइन खबर
हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?
OthersJust now

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि भैँसे, भीमफेदी, कुलेखानी हुँदै फर्पिङबाट काठमाडौं जाने सडकखण्डमा सञ्चालन हुने सवारीसाधनका लागि टाइम कार्ड लागू गरेको हो । मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीका अनुसार सवारीसाधनलाई निर्धारित समयभित्र सुरक्षित रूपमा गन्तव्यतर्फ अघि बढाउन तथा तीव्र ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play