Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

10/15/2026, 1:35:43 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि भैँसे, भीमफेदी, कुलेखानी हुँदै फर्पिङबाट काठमाडौं जाने सडकखण्डमा सञ्चालन हुने सवारीसाधनका लागि टाइम कार्ड लागू गरेको हो । मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीका अनुसार सवारीसाधनलाई निर्धारित समयभित्र सुरक्षित रूपमा गन्तव्यतर्फ अघि बढाउन तथा तीव्र गतिका कारण हुन सक्ने दुर्घटना न्यूनीकरण गर्न यो व्यवस्था लागू गरिएको हो । दशैंको शुभकामना व्यक्त गर्दै एसपी खत्रीले सार्वजनिक सवारीसाधनका चालकलाई सुरक्षित यात्रा सुनिश्चित गर्न, ट्राफिक नियमको पालना गर्न र निर्धारित गतिमा मात्र सवारी चलाउन आग्रह गरेका छन् । यात्रुको जीवन सुरक्षालाई प्राथमिकतामा राख्दै समयमै गन्तव्यमा पुग्ने होडमा लापरबाही नगर्न उनले चालकलाई विशेष सन्देश दिएका छन् । टाइम कार्डअनुसार सडकखण्ड पार गर्न लाग्ने समय प्रहरीले लागू गरेको टाइम कार्डअनुसार विभिन्न सडकखण्ड पार गर्न निम्न समय निर्धारण गरिएको छ । हेटौँडा देखि भैँसेसम्म : २५ मिनेट भैँसे देखि भीमफेदीसम्म : ३० मिनेट भीमफेदी देखि कुलेखानीसम्म : ४० मिनेट कुलेखानी देखि फर्पिङसम्म : ४५ मिनेट निर्धारित समयअनुसार सवारीसाधन सञ्चालन गर्दा चालकले तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिमा कमी आउने र दुर्घटनाको जोखिम न्यूनीकरण हुने प्रहरीको अपेक्षा छ । टाइम कार्ड लागू गर्ने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी श्यामबहादुर खत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी तथा सम्बन्धित प्रहरी चौकीका इन्चार्जलगायतको उपस्थिति रहेको थियो । प्रहरीले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले चालकलाई संयमित भएर सवारी चलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न र यात्रुको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

लक्ष्मी सनराइज क्यापिटलले ११ प्रतिशत नगद लाभांश दिने
OthersJust now

लक्ष्मी सनराइज क्यापिटलले ११ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको बिहीबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न १६औँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित गरेको […] ...

लोकपथ
दशैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै
OthersJust now

दशैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै

दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । वर्ष दिनपछि परिवारसँग भेटघाट गर्ने, मान्यजनको हातबाट टीका–जमरा लगाउने र आफन्तसँग खुसी साटासाट गर्ने आशासहित धेरैजना आफ्नो गाउँ फर्किरहेका छन् । तर, यस वर्षको दसैँमा विगतका वर्षमा जस्तो उल्लास र उमङ्ग भने सबैको अनुहारमा देखिँदैन । देशमा देखिएका विभिन्न विपद्, आर्थिक मन्दी, महँगी र पारिवारिक जिम्मेवारीका कारण कतिपयका लागि दसैँ ...

पर्दाफास
डा. अस्मिता बिष्टको ‘समय सालामा नृत्यमग्न आकृति’ लोकार्पण
OthersJust now

डा. अस्मिता बिष्टको ‘समय सालामा नृत्यमग्न आकृति’ लोकार्पण

काठमाडौं । उपप्राध्यापक तथा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा. अस्मिता बिष्टको पहिलो निबन्ध संग्रह 'समय सालामा नृत्यमग्न आकृति' लोकार्पण गरिएको छ । म‌ंगलबार धरानमा एक समारोह आयोजना गरी कृति सार्वजनिक गरिएको हो । कार्यक्रमको आयोजना महेन्द्र बहुमुखी क्याम्पस, धरानको अंग्रेजी विभागले गरेको थियो । विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play