नेप्सेसँगै बढ्यो कारोबार रकम, ४ अर्ब ७१ करोडको सेयर किनबेच

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । आज करीब पौने ५ अर्बको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.५६ अंकले बढेको हो । ०.१७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६२५.८२ अंकमा उक्लिएको छ । समग्रमा बजार बढे पनि बैंकिङ, उत्पादनमूलक, अन्य र ट्रेडिङ समूह राताम्मे भएको छ । बाँकी अरु समूहमा हरियाली छाएको छ । आज ३४९ कम्पनीका १ करोड ३६ लाख १० हजार ८ सय ९९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७० करोड ८२ लाख ८० हजार ९ सय ९८.९५ रुपियाँ बराबरको कारोबार भएको छ । बेनी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १४.९८ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै सिद्धार्थ बैंकको ऋणपत्र २०८९ का लगानीकर्ताहरुले सबैभन्दा बढी ३ प्रतिशतले घाटा व्यहोरेका छन् । आज कुमारी बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको २३ करोड ६१ लाख ३१ हजार २६.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । साताको पहिलो दिन सोमबार ४ अंकले बजार बढ्दा ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार ३ सय ६०.७३ रुपियाँ, मंगलबार ४.१२ अंकले बजार बढ्दा ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४ सय ९.८५ रुपियाँ र हिजो बुधबार २१.३२ अंकले बजार बढ्दा ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार ३ सय ३१.४३ रुपियाँ बराबरको कारोबार भएको थियो । The post नेप्सेसँगै बढ्यो कारोबार रकम, ४ अर्ब ७१ करोडको सेयर किनबेच appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

देउवा समूहले जनप्रतिनिधिलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । देउवा समूहले कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको हो । देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्र पठाउँदै उक्त निर्णय ...

साढे ४० खर्ब नाघ्यो विदेशी मुद्रा, २० महिनाको वस्तु आयात धान्ने
गत असारयता भदौसम्म नेपालको विदेशी मुद्रा ४.३ प्रतिशतले बढेको छ। असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा ४० खर्ब ६५ अर्ब ७८ करोड पुगेको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड पुगेको छ। कुल विदेशी विनिमय... ...

सिटिजन्स बैंक र रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइकबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले रामाडा एन्कोर काठमाडौंमा १५ प्रतिशत, होटल हिमालयन होराइजनमा १५ प्रतिशत र पान्क बाइक प्रा. लि. मा १० ...

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु
पेशावर।पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र एक महिला शिक्षकसहित २९ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन्। मृतक बालबालिकामध्ये ६ जना बालिका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ता मोहम्मद असीमले बताए। घाइते तथा मृतक बालबालिका सबै १३ वर्ष वा सोभन्दा कम उमेरका रहेको उनले जानकारी दिए। घाइतेको उपचारका लागि अस्पतालमा आपतकालीन ...


