उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात

काठमाडौं। उदयपुर जिल्लाबाट वार्षिक तीन हजार १२० मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरका अनुसार जिल्लामा वार्षिक आठ हजार मेट्रिकटन मासु उत्पादन हुने गरेको छ। केन्द्रका कार्यालय प्रमुख शुक्रराज लिम्बूका अनुसार जिल्लामा उत्पादित कुल मासुमध्ये ६१ प्रतिशत स्थानीय बजारमा खपत हुन्छ भने बाँकी ३९ प्रतिशत अन्य जिल्लामा निर्यात हुने गरेको छ। गत आर्थिक वर्ष २०८२-८३ मा उदयपुरमा सात हजार ७९१ मेट्रिकटन मासु उत्पादन भएको थियो। यो अघिल्लो आवको तुलनामा २२१ मेट्रिकटन बढी हो। अघिल्लो वर्षको तुलनामा मासु उत्पादन दर करिब २.९२ प्रतिशतले वृद्धि भएको छ। गत आवमा जिल्लामा सबैभन्दा बढी दुई हजार १३९ मेट्रिकटन सुँगुर-बङ्गुरको मासु उत्पादन भएको थियो। त्यसैगरी खसीबोकाको एक हजार ९४४, कुखुराको एक हजार ८३५ र राँगाको एक हजार ७५८ मेट्रिकटन मासु उत्पादन भएको केन्द्रले जनाएको छ। साथै भेडाको एक दशमलव पाँच र हाँसको १० मेट्रिकटन मासु उत्पादन भएको छ। प्रमुख लिम्बूका अनुसार उदयपुर मासु उत्पादनमा आत्मनिर्भर छ। ‘हाम्रो तथ्याङ्कअनुसार जिल्लामा कुल उत्पादनको ६१ प्रतिशत खपत हुन्छ। बाँकी मासु जिल्ला बाहिर जाने गरेको छ’, उनले भने। जिल्लामा आवश्यक पर्ने मासुमध्ये कहिलेकाहीँ मात्रै सुनसरीको बराह क्षेत्र र सप्तरीको सिसबारी क्षेत्रबाट बोइलर कुखुरा आयात गर्नुपर्ने हुन्छ। विशेषगरी दसैँको समयमा उदयपुरका आठवटै स्थानीय तहबाट खसीबोका, राँगा र सुँगुर-बङ्गुर बाहिरी जिल्लामा बढी निर्यात हुने गरेको कार्यालयले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नेपाल प्रहरीले सुरु गर्यो आफ्नै पोडकास्ट, के छ पहिलो एपिसोडमा ?
काठमाडौं । डिजिटल सञ्चारको माध्यमका रूपमा पोडकास्ट लोकप्रिय भइरहेका बेला नेपाल प्रहरीले पनि आफ्नै पोडकास्ट सुरु गरेको छ। नागरिकसँगको संवादलाई प्रभावकारी बनाउने, प्रहरीप्रतिको बुझाइ स्पष्ट पार्ने तथा समाजमा प्रहरीको भूमिका र अनुभवबारे खुला छलफल गर्ने उद्देश्यले प्रहरीले ‘नेपाल पुलिस पोडकास्ट’ सञ्चालनमा ल्याउन लागेको हो। नेपाल प्रहरीले बुधबार सामाजिक सञ्जालमार्फत पोडकास्टको पहिलो एपिसोडको झलक सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ। सार्वजनिक गरिएको ...

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
काठमाडौं । कास्की र मोरङका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको अवस्थामा बुधबार दिउँसो चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई सोही स्थानमा बस्ने ५० वर्षीय हिमालकुमार दाहालसमेत छन् । प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई ६१ हजार रुपैयाँ नगद र ११ थान ...
![नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]](https://www.lokpath.com/wp-content/uploads/2026/10/1792034916-iKzlr.jpg)
नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]
काठमाडौं । दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकाको आकाशमा रङ्गीबिरङ्गी चङ्गा उड्न थालेका छन् । शरद ऋतुको नीलो आकाश, पारिलो घाम र मन्द बताससँगै चङ्गा उडाउने परम्पराले उपत्यकामा दशैँको रौनक थपेको छ । चङ्गा, लट्टाई र माँझा किन्ने ग्राहकको भीडले बजारका गल्लीहरू पनि उत्सवमय बनेका छन् । काठमाडौंका असन, इन्द्रचोक, भेडासिं, नयाँ बजार, पाटन तथा ठमेल […] ...

प्रस्तावित ४ न्यायाधीशविरुद्ध कात्तिक १९ गतेसम्म उजुरी दिन सकिने
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । असोज २६ गते बसेको समितिकाे बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट... ...


