Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व, अध्यक्षमा कुनाल कायल

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व, अध्यक्षमा कुनाल कायल

10/17/2026, 3:20:30 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व, अध्यक्षमा कुनाल कायल

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा निर्वाचित भएका छन् । सन् २०२६–२०२८ कार्यकालका लागि उनको कार्यसमितिका सबै सदस्य पनि सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। कायलले यसअघि निवर्तमान अध्यक्ष सुनील केसीको कार्यकालमा उपाध्यक्ष तथा श्रीजना राणाको कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनले पहिलो बैठकबाट विभिन्न पदमा मनोनयनसमेत गरेका छन् । कायलको नेतृत्वमा रहेको कार्यसमितिमा ऊर्जा, उत्पादन, शिक्षा, दूरसञ्चार तथा व्यापार क्षेत्रका व्यवसायी नेतृत्वहरू समेटिएका छन्। साधारणसभाको उद्घाटन सत्रले नेतृत्व हस्तान्तरणको सन्दर्भ र भावी दिशालाई स्पष्ट पारेको थियो। परराष्ट्रमन्त्री शिशिर खनालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा उनले नेपाल र भारतबीचको आर्थिक साझेदारीको एक महत्त्वपूर्ण आधारस्तम्भ तथा आफ्नो मन्त्रालयको रणनीतिक संस्थागत साझेदारका रूपमा चित्रण गरे । निवर्तमान अध्यक्ष सुनील केसीले संस्थागत विकासलाई व्यवस्थित र सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिए । उनले निजी क्षेत्र र आर्थिक कूटनीतिमा आधारित नेपाल–भारतको संयुक्त आर्थिक प्रणाली निर्माण गर्नुपर्ने धारणा राखे । उनले लगानीकर्तासँगको सहकार्य तथा भारतीय दूतावाससम्म चेम्बरका गतिविधि विस्तार गर्ने विषयमा चर्चा गरे । प्रमुख वक्ताका रूपमा जवाहरलाल नेहरू विश्वविद्यालयको अन्तर्राष्ट्रिय अध्ययन विद्यालयका डिन तथा पद्मश्री पुरस्कारबाट सम्मानित प्राध्यापक अमिताभ मट्टुले नेपाल–भारत सम्बन्धको संरचनाबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए । भारतका लागि नेपालका पूर्वराजदूत डा.शंकरप्रसाद शर्माले चेम्बरका गतिविधिलाई गति प्रदान गरेकोमा केसीप्रति आभार व्यक्त गरे । उनले पेट्रोलियम पाइपलाइन, नवीकरणीय ऊर्जा तथा भारतको मध्यम वर्गको विस्तारबाट सिर्जना भएका सम्भावनाहरू औंल्याए । नर्वनिर्वाचित कार्य समिति कुनाल कायल – अध्यक्ष करण कुमार चौधरी – उपाध्यक्ष गौरव तायल – उपाध्यक्ष बर्णन लामिछाने – महासचिव शैलजा अधिकारी – कोषाध्यक्ष सञ्जय अग्रवाल – कार्यसमिति सदस्य रमेश शर्मा – कार्यसमिति सदस्य शैलेन्द्र गुरागाईं – कार्यसमिति सदस्य शशि कान्त अग्रवाल -कार्यसमिति सदस्य सुसन कर्माचार्य -कार्यसमिति सदस्य विनय उपाध्याय – कार्यसमिति सदस्य आशिक श्रेष्ठ – कार्यसमिति सदस्य चन्द्र टण्डन – कार्यसमिति सदस्य

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

गम्भीर आर्थिक संकटमा इरान, मिलिसिया समूहहरूले रिभोलुसनरी गार्डलाई रकम फिर्ता गर्न थाले
OthersJust now

गम्भीर आर्थिक संकटमा इरान, मिलिसिया समूहहरूले रिभोलुसनरी गार्डलाई रकम फिर्ता गर्न थाले

३१ असोज, काठमाडौं । अमेरिकी नौसैनिक नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धका कारण इरान गम्भीर आर्थिक संकटमा परेको छ । यस्तो अवस्थामा इरानबाट आर्थिक सहयोग पाउँदै आएका क्षेत्रीय मिलिसिया समूहहरूले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) लाई रकम फिर्ता पठाउन थालेको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का कमान्डर एडमिरल ब्राड कुपरले शुक्रबार खुलासा गरेका छन् । तेल राजस्वमा… ...

अनलाइन खबर
विपद् प्रतिकार्यमा सेनाको समन्वय र सहकार्यको उत्कृष्ट संयोजन
OthersJust now

विपद् प्रतिकार्यमा सेनाको समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाण्डु – नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरिएको खोज, उद्धार तथा पुन:स्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सडक र पुल भत्किएर आवागमन ठप्प भएको बेला बदलिँदो परिस्थितिअनुसार प्रविधिको उपयोग गर्दै विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सेनाले देखाएको तत्परता र व्यावसायिक क्षमतालाई प्रतिबिम्बित गरेको स्पष्ट पारेको छ […] ...

काठमाण्डुपाटी
दशैंका लागि छथरका ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण
OthersJust now

दशैंका लागि छथरका ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण

३१ असोज, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले दशैंलाई लक्षित गरी ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक अभावका कारण चाडपर्वमा दैनिक उपभोग्य सामग्री जुटाउन कठिन हुने परिवारलाई राहत पुर्‍याउने उद्देश्यले गाउँपालिकाले खाद्यान्न उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाका अनुसार गाउँपालिकाको स्वीकृत कार्यक्रमअन्तर्गत कार्यविधिले तोकेको मापदण्ड पूरा गरेका परिवारलाई सम्बन्धित वडाको सिफारिसका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play