दसैँतिहारमा चांगानका गाडीलाई २४ सै घण्टा सडक सहायता, ११ स्थानमा सेवा उपलब्ध

काठमाडौं । चांगान नेपालले दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि ‘चांगान केयर २४×७’ सडक सहायता सेवा सुरु गरेको छ। नेपालका लागि चांगानको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले चाडपर्वका बेला हुने यात्रालाई सहज र सुरक्षित बनाउने उद्देश्यले देशव्यापी सडक सहायता सेवा सञ्चालनमा ल्याएको हो। यो सेवा अवतार, दिपल र निभोका विभिन्न मोडलमा लागू हुनेछ। यसअन्तर्गत अवतार ०७ र ११, दिपल एस०७, एस०५, ई०७ र एल०७ तथा निभो क्यू०५ का ग्राहकले सडक सहायता प्राप्त गर्न सक्नेछन्। चाडपर्वमा परिवार तथा आफन्तसँग भेटघाट गर्न र घुमफिरका लागि धेरै मानिस यात्रामा निस्कने भएकाले सवारीसाधनमा अप्रत्याशित समस्या आउँदा ग्राहकलाई सहयोग पुर्याउने उद्देश्यले यो सेवा ल्याइएको कम्पनीले जनाएको छ। यात्राका क्रममा सवारीसाधन बिग्रिएमा वा अन्य आकस्मिक समस्या आएमा ग्राहकले आवश्यक सहायता लिन सक्नेछन्। ‘नेपालको जुनसुकै स्थानमा पनि तपाईंको यात्रा हाम्रो लागि महत्त्वपूर्ण छ’ भन्ने प्रतिबद्धतासहित सञ्चालन गरिएको यस सेवाअन्तर्गत टोइङ, घटनास्थलमै मर्मतसम्भारमा सहयोग, चौबीसै घण्टा आकस्मिक सहायता, क्षेत्रीय सेवा पहुँच तथा समर्पित ग्राहक सहायता टोलीको सुविधा उपलब्ध हुनेछ। कम्पनीका अनुसार यो सेवाको सञ्जाल नेपालका ११ प्रमुख स्थानमा विस्तार गरिएको छ। दाङ, धनगढी, बिर्तामोड, विराटनगर, नेपालगञ्ज, बुटवल, जनकपुर, वीरगञ्ज, चितवन, पोखरा तथा ललितपुरको बालकुमारीबाट ग्राहकले सडक सहायता प्राप्त गर्न सक्नेछन्। सडक सहायता आवश्यक परेमा ग्राहकले ९७०४०२४३६५ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। चांगान केयर २४×७ मार्फत अवतार, दिपल र निभोका ग्राहकलाई थप सहज र भरपर्दो सवारी स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य छ। विशेषगरी चाडपर्वको समयमा लामो दूरीको यात्रा गर्ने ग्राहकलाई आकस्मिक अवस्थामा सहयोग उपलब्ध गराउन यो सेवाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। चांगान अटोमोबाइल चीनको पुरानो अटोमोबाइल उत्पादक कम्पनीमध्ये एक हो। कम्पनीका अनुसार यसको उपस्थिति विश्वका १०० भन्दा बढी देशमा छ र यसले स्मार्ट प्रविधि, नयाँ ऊर्जा तथा आगामी पुस्ताका मोबिलिटी समाधानमा काम गर्दै आएको छ। एमएडब्लू वृद्धि अटोकर्प नेपालमा चांगान तथा यसका उपब्रान्ड अवतार, दिपल र निभोको आधिकारिक वितरक हो।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दक्षिण सुडानमा नेपाली सेनाको १६औँ पटक फेरबदल
दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । ...

पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
लेखनाथ समाचारदातालेखनाथ, असोज २९ गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर–१७ स्थित बालोदय चोकमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्य भएको छ ।बिहान ७ बजे भएको... ...

दुई महिनामा सवा तीन खर्ब नाघ्यो व्यापार घाटा, निर्यातमा भने ६२ प्रतिशतको छलाङ
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ उल्लेख्य वृद्धि देखिएको छ। निर्यातमा उच्च वृद्धि भए पनि आयातको परिमाण निकै ठूलो... ...

साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण कर्जा दिन एफएनसीसीआईको माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवद्र्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानी र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन् । ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई धितोको विकल्पमा नगद प्रवाह र बिलका आधारमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए । उनले कर्जा सुरक्षण कोष विस्तार, बाढी तथा विपद्बाट प्रभावित ...


