साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण कर्जा दिन एफएनसीसीआईको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवद्र्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानी र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन् । ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई धितोको विकल्पमा नगद प्रवाह र बिलका आधारमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए । उनले कर्जा सुरक्षण कोष विस्तार, बाढी तथा विपद्बाट प्रभावित व्यवसायीलाई पुनःस्थापना कर्जा र बीमा दाबी प्रक्रिया सरल बनाउन पनि जोड दिए । सरकारी निकाय तथा ठूला खरिदकर्ताले साना आपूर्तिकर्तालाई तोकिएको समयमै भुक्तानी गर्ने व्यवस्था अनिवार्य गर्नुपर्ने उनको भनाइ छ । उद्योग दर्ता, नवीकरण, कर तथा लेखासम्बन्धी काम एकद्वार डिजिटल प्रणालीबाट सञ्चालन गरी अनौपचारिक उद्यमलाई औपचारिक अर्थतन्त्रमा जोड्नुपर्ने उनले बताए । श्रेष्ठले सार्वजनिक खरिदमा स्वदेशी साना तथा मझौला उद्यमलाई प्राथमिकता दिन, उनीहरूलाई ठूला उद्योगको आपूर्ति शृङ्खलासँग जोड्न तथा भन्सार र व्यापार सहजीकरण प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए । अनावश्यक प्रशासनिक प्रक्रिया हटाउनुपर्ने भए पनि कानुनी सुरक्षा कमजोर पार्न नहुने उनको भनाइ छ । महासंघले भ्रष्टाचारविरुद्धको सरकारी अभियानलाई समर्थन गर्ने उल्लेख गर्दै श्रेष्ठले व्यवसायीलाई प्रमाणको मूल्यांकन नगरी दोषी ठहर गर्न नहुने बताए । वास्तविक व्यावसायिक विवाद र प्रक्रियागत त्रुटिलाई जानीजानी गरिने ठगी तथा भ्रष्टाचारबाट छुट्याएर अनुसन्धान र कानुनी कारबाही निष्पक्ष रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए । राज्य र निजी क्षेत्रबीच आपसी विश्वास, पारदर्शिता, उत्तरदायित्व र साझा जिम्मेवारीमा आधारित सहकार्य आवश्यक रहेको पनि अध्यक्ष श्रेष्ठले बताए ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

‘ए क्लास अबभ’ कम्फर्ट, डिजाइन र टेक्नोलोजीसहित चांगान निभो क्यू०५ धनगढीमा सार्वजनिक
धनगढी। एमएडब्लु वृद्धि अटोकर्प प्रा. लि. अन्तर्गत धनगढी क्षेत्रका लागि चांगानको आधिकारिक डिलर श्री ग्लोबल प्रा. लि. ले नयाँ निभो क्यू०५ धनगढीमा सार्वजनिक गरेको छ। ग्राहकहरूले असोज २६ देखि २९ गतेसम्म... ...

पाकिस्तानमा विद्यालयको छत खस्दा २८ जना बालबालिकाको मृत्यु, मृतक सबै १३ बर्ष मुनिका
एजेन्सी– पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र एक महिला शिक्षकसहित २९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन् । मृतक बालबालिकामध्ये छ जना बालिका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ता मोहम्मद असीमले बताए । घाइते तथा मृतक बालबालिका सबै १३ वर्ष वा सोभन्दा […] ...

कांग्रेस महाधिवेशन : यी हुन् हालसम्म निर्वाचित पदाधिकारी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित हुनुभएको छ। सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा निर्वाचित हुनुभएको हो। महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ। त्यस्तै, उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित हुनुभएको छ। महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी ...

सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा
भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिकालाई बाल विवाहमुक्त, बालश्रममुक्त, सडक बालबालिकामुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बिहीबार सूर्यविनायक नगरपालिका भवनको प्राङ्गणमा आयोजित कार्यक्रममा... ...


