कांग्रेस महाधिवेशन : यी हुन् हालसम्म निर्वाचित पदाधिकारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित हुनुभएको छ। सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा निर्वाचित हुनुभएको हो। महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ। त्यस्तै, उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित हुनुभएको छ। महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ। भुसाल पनि निर्विरोध निर्वाचित हुनुभएको हो। महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला संग्रौला (पन्त) निर्वाचित हुनुभएको विवरणमा उल्लेख छ। निर्वाचन समितिका अनुसार सहमहामन्त्रीमा प्रतिमा गौतम, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, डा. मोहम्मद फिर्दोश आलम, प्रकाश रसाइली, बहादुरसिंह लामा (तामाङ) र जीवनबहादुर शाही विजयी हुनुभएको छ। अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दिल्लीमा इन्दिरा गान्धीको झल्को दिइरहेकी नेहा बोरा (भिडियो एक्सप्लेनर)
काठमाडौँ । यतिबेला भारतको राजधानी नयाँदिल्ली आन्दोलनको रापमा छ । अक्टोबर महिनाको सुरुदेखि चर्किएको आन्दोलनले दिनप्रतिदिन आकार बढाउँदै लगिरहेको छ । दिल्लीको जन्तरमन्तर मैदानमा महिला शक्ति तीव्र रूपमा दौडिरहेको छ... ...

श्रमगन्तव्य मुलुकहरूकै प्रस्तावित राजदूत अस्वीकृत, वैदेशिक रोजगारीमा थपिँदै संकट
काठमाडौँ । बुधबार संसदीय सुनुवाइ समितिले मलेसिया र साउदी अरबका लागि सिफारिस गरेका राजदूतहरूको नाम अस्वीकृत गरिदिएको छ । लामो समयदेखि रिक्त, नेपालबाट सबैभन्दा धेरै श्रमिक जाने दुई गन्तव्य मुलुक (मलेसिया र... ...

सन् २०२७ मा भारत विश्वकै चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण
बैङ्कक । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को प्रक्षेपणअनुसार भारत सन् २०२७ मा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने भएको छ । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४५ खर्ब २० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने जापान छैटौँ स्थानमा झर्ने अपेक्षा छ । नाममात्रको जीडीपीका आधारमा जापान यस वर्ष विश्वको चौथो ठूलो अर्थतन्त्र बन्नेछ । तर, सन् २०२७ मा भारत ...
आरुघाट पुल मर्मतको काम तीव्र (फोटो फिचर)
• बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाट पुललाई क्षति पुर्याएको छ। • मर्मतको काम तीव्र गतिमा भइरहेको छ र अस्थायी पुलको निर्माणका लागि बेस बनाइँदैछ। • पुलको ८५ मिटर लामो भागमा २५ मिटरको आरसीसी भाग बगाएको छ, जबकि ६० मिटरको ट्रस भाग सुरक्षित रहेको छ। ...


