Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सन् २०२७ मा भारत विश्वकै चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

सन् २०२७ मा भारत विश्वकै चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

Share:WhatsAppFacebookX (Twitter)Telegram
सन् २०२७ मा भारत विश्वकै चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

बैङ्कक । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को प्रक्षेपणअनुसार भारत सन् २०२७ मा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने भएको छ । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४५ खर्ब २० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने जापान छैटौँ स्थानमा झर्ने अपेक्षा छ । नाममात्रको जीडीपीका आधारमा जापान यस वर्ष विश्वको चौथो ठूलो अर्थतन्त्र बन्नेछ । तर, सन् २०२७ मा भारत र बेलायतले जापानलाई पछाडि पार्ने आइएमएफको प्रक्षेपण छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका हो भने चीन दोस्रो र जर्मनी तेस्रो स्थानमा छन् । विश्वव्यापी आर्थिक अवरोधका बीच भारतले पछिल्ला वर्षमा बलियो आर्थिक वृद्धि हासिल गरेको छ । आइएमएफले यसै साता सन् २०२६ का लागि भारतको आर्थिक वृद्धिदरको अनुमान बढाएर सात प्रतिशत पुर्‍याएको छ । यसको विपरीत, वृद्ध जनसङ्ख्या र संरचनात्मक समस्याका कारण जापानको आर्थिक वृद्धि सुस्त बनेको छ । एसिया–प्रशान्त क्षेत्रका लागि आइएमएफको क्षेत्रीय आर्थिक दृष्टिकोण बिहीबार सार्वजनिक गर्दै एसिया निर्देशक कृष्ण श्रीनिवासनले इरानमाथि अमेरिका र इजरायलको युद्धका कारण ऊर्जा मूल्यमा परेको असर सामना गर्न भारत तुलनात्मक रूपमा बलियो अवस्थामा रहेको बताए । भारतको आर्थिक वृद्धि बलियो रहेको, वित्तीय अनुशासन कायम भएको र पर्याप्त विदेशी मुद्रा सञ्चिति रहेकाले ऊर्जा मूल्यको धक्कालाई सामना गर्न सहज भएको उनको भनाइ थियो । आइएमएफले जापानको आर्थिक वृद्धिदर सन् २०२६ मा शून्य दशमलव सात प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । ऊर्जा मूल्यवृद्धि र व्यापक मुद्रास्फीतिले जापानको अर्थतन्त्रमा दबाब बढाएको छ । सन् २०२२ को वसन्तयामदेखि निरन्तर बढिरहेको उपभोक्ता मूल्यमा इरान युद्धका कारण ऊर्जा महँगिएपछि थप चाप परेको छ । यसले जापानको केन्द्रीय बैंकलाई तीन दशकयताकै उच्च ब्याजदरमा पुर्‍याएको छ । अमेरिकी डलरको तुलनामा येनको मूल्य गर्मीयाममा ४० वर्षयताकै न्यून स्तरमा झरेपछि आयात लागतसमेत बढेको छ । वृद्ध जनसङ्ख्याले पनि जापानको आर्थिक गतिविधिमा असर पारेको छ । श्रीनिवासनले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको लगानीले जापानको अर्थतन्त्रलाई फाइदा पुर्‍याए पनि यसबाट क्षेत्रका अन्य अर्थतन्त्रको तुलनामा उल्लेखनीय बढी लाभ नपुगेको बताए । यसैबीच, एआई क्षेत्रका कम्पनीहरूको नाफाबारे शङ्का बढेपछि प्रविधि कम्पनीका सेयरमा गिरावट आएको छ । त्यसको असर जापानको प्रमुख सेयर बजार सूचक निक्केईमा पनि परेको छ । बिहीबार निक्केई सूचक करिब पाँच प्रतिशतले घटेको छ । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

विभागको प्रष्टीकरण: रोग प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि बिक्रीवितरणमा रोक लगाइएको छैन
ताजा खबरJust now

विभागको प्रष्टीकरण: रोग प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि बिक्रीवितरणमा रोक लगाइएको छैन

• औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा कुनै रोक नलगिएको स्पष्ट पारेको छ र बिरामीलाई चिकित्सकको परामर्शअनुसार औषधि सेवन गर्न आग्रह गरेको छ। • विभागले ४७ किसिमका औषधिको नयाँ उत्पादन र आयातमा रोक लगाएको छ, तर बजारमा रहेका औषधिको बिक्रीमा कुनै प्रतिबन्ध छैन। • औषधिको गुणस्तर र सुरक्षालाई सुनिश्चित गर्न अन्तरराष्ट्रिय मापदण्डअनुसार आवश्यक व्यवस्था लागू गरिएको छ र ...

नेपालबहस
एकैपटक १ हजार २ सय ९६ जना सशस्त्र प्रहरी जवान दीक्षित
ताजा खबरJust now

एकैपटक १ हजार २ सय ९६ जना सशस्त्र प्रहरी जवान दीक्षित

राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थ तथा विभिन्न शिक्षालयहरुमा सञ्‍चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका १ हजार २ सय ९६ जना प्रशिक्षार्थी जवानहरु दीक्षित भएका छन्। करिब ११ महिनाको कठोर तथा अनुशासित तालिम पूरा गरेका प्रशिक्षार्थी जवानहरू असोज २९ गते दीक्षित भई राष्ट्र र नागरिकको सेवामा समर्पित हुने उद्देश्य सहित का... ...

नेपालखबर
विराट मेडिकल कलेजमा १.१३५ मेगावाटको सोलार जोड्दै ऊर्जा ग्लोबल, वार्षिक २ करोड बचत हुने
ताजा खबरJust now

विराट मेडिकल कलेजमा १.१३५ मेगावाटको सोलार जोड्दै ऊर्जा ग्लोबल, वार्षिक २ करोड बचत हुने

मोरङस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १.१३५ मेगावाट क्षमताको सोलार निर्माण हुने भएको छ। उर्जा ग्लोबल प्रालिले जडान गरिरहेको यो सोलार आयोजना आगामी माघसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। नेपालका स्वास्थ्य संस्थामध्ये हालसम्मकै ठूलो व्यावसायिक तथा औद्योगिक प्रयोजनको सौर्य विद्युत् आयोजना विराट मेडिकल कलेजमा निर्माण हुन लागेको उर्जा ग्लोबलले बताएको छ।  ... ...

नेपालखबर
बाढी प्रभावितलाई राअवि पूर्व कर्मचारी संघको आर्थिक सहयोग
ताजा खबरJust now

बाढी प्रभावितलाई राअवि पूर्व कर्मचारी संघको आर्थिक सहयोग

काठमाडौं।राष्ट्रिय अनुसन्धान विभाग पूर्व कर्मचारी संघले भोटेकोशी बाढी पीडितलाई सहयोग र पुनःस्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। संघले आज मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई चार लाख २८ हजार ५०० को चेक हस्तान्तरण गरेको संघका कार्यवाहक अध्यक्ष देवीराम शर्माले जानकारी दिए।त्यसक्रममा विभागका प्रमुख टेकेन्द्र कार्कीलगायत विभाग र संघका पदाधिकारी उपस्थित थिए। ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play