आईसीसी क्रिकेट विश्वकप लिग–२ : जित्नै पर्ने दबाबबीच नेपाल र क्यानडा भिड्दै

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज क्यानडाको सामना गर्दै छ । ओमानको अल अमिरेत रंगशालामा नेपाली समयअनुासर बिहान ११ः१५ मा सुरु हुने खेल आफ्नो पक्षमा पार्दै नेपाल शीर्ष ६ मा स्थान पक्का गर्ने लक्ष्यमा छ । यो खेल गुमाए नेपाललाई सोमबार हुने ओमनविरुद्धको खेल जित्नै पर्ने दबाब सिर्जना हुनेछ । नेपालले लगातार तेस्रो जितको खोजीमा छ । यसअघि टोलीले क्यानडा र ओमानलाई पराजित गरेको थियो । यता, क्यानडा पनि जित निकाल्दै शीर्ष ६ को सम्भावना जिवितै राख्न चाहन्छ । क्यानडाको लिग–२ मा यो अन्तिम खेल हो । क्यानडाले पछिल्लो खेलमा ओमानलाई हराएको थियो । त्यसअघि भने टोली ओमान र नेपालसँग पराजित भएको थियो । रोहिककुमार पौडेलले लय समात्नु नेपालका लागि सुखद पक्ष हो । उनले दुई खेलमा गरी १६२ रन प्रहार गरिसकेका छन् । रोहितलाई गुल्शनकुमार झा, इशान पाण्डे, बसिर अहमदजस्ता खेलाडीको साथ रहनेछ । यसैगरी, बलिङमा नन्दन यादव र कप्तान सन्दीप लामिछाने निर्णायक बन्न सक्छन् । जारी शृंखलामा दुवैले पाँच–पाँच विकेट लिएका छन् । बलिङमा करण केसी, ललितनारायण राजवंशीजस्ता खेलाडीको पनि महत्त्वपूर्ण भूमिका रहनेछ । नेपालले बसिर, गुल्शनकुमार झा, रोहितलाई पनि बलिङमा प्रयोग गर्न सक्छ । दीपेन्द्रसिंह ऐरी अलराउन्डको भूमिकामा रहनेछन् । आदित्य वर्दराजन, समीत गोहेलजस्ता खेलाडी नेपाली बलरका लागि घातक बन्न सक्छन् । यो शृंखलामा वर्दराजनले ११९ र गोहेलले १०० रन प्रहार गरेका छन् । यसैगरी, बलिङमा हर्ष थाकरको भूमिका महत्त्वपूर्ण रहनेछ । उनले पाँच विकेट लिएका छन् । कलिम साना, जाहिद शिर्जादजस्ता बलर पनि नेपाली ब्याटरका लागि समस्य बन्न सक्छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्म यी दुई बीच ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा नेपालले चार र क्यानडाले दुई खेल आफ्नो पक्षमा पारेका छन् ।आईसीसी लिग–२ अन्तर्गतको पछिल्लो भेटमा भने नेपाल २४ रनले विजयी भएको थियो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र... ...

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानून... ...

हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’
आज फूलपातीको अवसर पारेर फिल्म ‘छ माया छपक्कै २’ प्रदर्शन भएको छ। यस फिल्मले पहिलो दिन हलमा राम्रो शो पाएको छ। यस फिल्मले बक्सअफिसमा हिजोबाट प्रदर्शन भएका पल शाह अभिनीत ‘आ बाट आमा २’ र विराज भट्टको फिल्म ‘१२ गाउँ २’ भिड्नुपर्नेछ। सामाजिक र राजनीतिक विषयवस्तुमाथि बनेको यस कमेडी फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भ... ...

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन
काठमाडौं । दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गर्नु भएको छ । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गर्नुभएको हो । उहाँले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गर्नुभएको थियो । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका ...


