कांग्रेस नेताहरू भन्छन्- ‘नयाँ नेतृत्वले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ’

नेपाली कांग्रेसका नेताहरूले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले पार्टीलाई एकताबद्ध बनाउँदै नयाँ सोच, नीति र कार्यशैलीका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन् । महाधिवेशनपछि नेतृत्व परिवर्तनसँगै पार्टीको नीतिगत तथा सांगठनिक रूपान्तरणको अपेक्षा बढेको उल्लेख गर्दै उनीहरूले युवा पुस्ताको भावना, जनसरोकारका मुद्दा र बदलिँदो राजनीतिक परिस्थितिलाई सम्बोधन गर्नुपर्ने बताएका हुन् । कांग्रेस केन्द्रीय सदस्य खड्गबहादुर शाहीले कांग्रेसप्रति जनताको आशा र भरोसा कायम रहेको उल्लेख गर्दै वर्तमान राष्ट्रिय परिस्थितिमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । नयाँ नेतृत्वले युवा पुस्ताको भावना, राजनीतिक चेतना र उनीहरूले उठाउँदै आएका प्रश्नलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । पार्टीको विधान, नीति र कार्यदिशामा आवश्यक परिवर्तन गर्दै देश र जनताको आवश्यकताअनुसार शासन सञ्चालन गर्ने सोचका साथ अघि बढ्नुपर्ने शाहीले बताए । साथै, कांग्रेसले सरकारलाई जनताप्रति उत्तरदायी बनाउन प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । चाडपर्वका बेला हवाई तथा सडक यातायातको भाडा र दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारण समस्यामा परेको उल्लेख गर्दै शाहीले महँगी नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने बताए । ‘नेपाली कांग्रेस एउटा नयाँ ढङ्गले, नयाँ विचार र नयाँ सोचका साथ अगाडि बढ्नुपर्छ । देश र जनतालाई सुहाउँदो शासन व्यवस्था सञ्चालन गरेर अघि बढ्नुपर्छ,’ उनले भने । सरकारले जनताका समस्या बेवास्ता गरे कांग्रेसले सडकदेखि सदनसम्म आवाज उठाउने बताउँदै शाहीले महँगी नियन्त्रण गरी नागरिकलाई राहत दिनुपर्नेमा जोड दिए । यसैगरी, कांग्रेस केन्द्रीय सदस्य मिर्शाद अन्सारीले युवाहरूको भावना र अपेक्षालाई पार्टीको नीति तथा कार्यक्रममा समेट्नुपर्ने बताए । गत भदौ २३ र २४ गतेको आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थितिमा आएको परिवर्तनलाई कांग्रेसले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ । मधेसका मुस्लिम समुदायलगायत विभिन्न समुदायका समस्या पहिचान गरी समाधानका लागि पहल गर्नुपर्ने उल्लेख गर्दै अन्सारीले पार्टीलाई गाउँगाउँसम्म सशक्त संगठनका रूपमा विस्तार गर्नुपर्ने बताए । ‘मधेसमा मुस्लिम समुदायका विभिन्न मुद्दाहरू छन् । ती मुद्दालाई उठान गरेर कार्यान्वयनतर्फ लैजानुपर्छ । युवाहरूमा राजनीतिप्रति वितृष्णा बढेको देखिन्छ, यसलाई सम्बोधन गर्नुपर्छ,’ उनले भने, ‘युवाहरूको मनोभावना र उनीहरूको सोच्ने दृष्टिकोणलाई आत्मसात् गरेर हामी अगाडि बढ्छौँ ।’ कांग्रेस नेता लेखनाथ पोखरेलले नयाँ नेतृत्वले सरकारका सकारात्मक काममा रचनात्मक सहयोग गर्ने र गलत कामको आलोचना गर्ने गरी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए । आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै पार्टीले राजनीतिक तथा निर्वाचनसम्बन्धी संयन्त्र निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए । पार्टीभित्रका गुट–उपगुटभन्दा माथि उठेर एकताबद्ध रूपमा अघि बढ्नुपर्ने उल्लेख गर्दै पोखरेलले संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताए । पाल्पा कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले जनसरोकारका मुद्दालाई पार्टीको नीति तथा कार्यक्रमको केन्द्रमा राख्नुपर्ने बताए । जलवायु परिवर्तनलगायतका विषयलाई प्राथमिकता दिँदै जनताका दैनिक समस्या सम्बोधन गर्ने कार्यक्रम अघि बढाउनुपर्ने उनको भनाइ छ । आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा कांग्रेसलाई लोकप्रिय र ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न नयाँ नेतृत्वले प्रभावकारी काम गर्नुपर्नेमा श्रेष्ठले जोड दिए । कांग्रेस नेतृ सरस्वती अर्याल तिवारीले आगामी स्थानीय निर्वाचनअघि पार्टीभित्रका असन्तुष्टि सम्बोधन गर्दै फरक धारमा रहेका नेताहरूलाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताइन् । देशभर एउटै उद्देश्य र साझा सन्देशका साथ पार्टी परिचालन गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । त्यस्तै, कांग्रेस नेतृ सनम विकले नयाँ र पुरानो पुस्ताबीच सहकार्य गर्दै पार्टीलाई अघि बढाउनुपर्ने बताइन् । आन्तरिक प्रतिस्पर्धामा अल्झिनुभन्दा अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न संगठन बलियो बनाउनुपर्नेमा उनले जोड दिइन् । कांग्रेसका युवा नेता समुन्द्र पोखरेलले वडा तहदेखि नै युवाहरूलाई नेतृत्वमा आउने अवसर दिनु सकारात्मक भएको बताए । उनले युवा रोजगारी र युवासँग सम्बन्धित सरोकारका विषयलाई पार्टीले प्राथमिकताका साथ उठाउनुपर्ने धारणा राखे । नेताहरूले पार्टीको नयाँ नेतृत्वले आन्तरिक एकता कायम गर्दै नीतिगत स्पष्टता, संगठन विस्तार, युवा सहभागिता र जनसरोकारका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी कार्यालयमा जारी रहेको र अधिकांश पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको विवरण प्राप्त भएको छ । समावेशी समूहका केही सहमहामन्त्री तथा विभिन्न क्लस्टर र खुलातर्फका केन्द्रीय सदस्यको अन्तिम नतिजा आउन बाँकी रहेको जनाइएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सशस्त्र प्रहरीका १ हजार २९६ जवान दीक्षित
सशस्त्र प्रहरी बल, नेपालका १ हजार २९६ जना जवान आधारभूत तालिम पूरा गरी दीक्षित भएका छन्। राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थसहित विभिन्न शिक्षालयमा सञ्चालित करिब ११ महिनाको आधारभूत तालिम सम्पन्न गरेपछि उनीहरू असोज २९ गते दीक्षित भएका हुन्। दीक्षित जवानहरू राष्ट्र र नागरिकको सेवामा समर्पित हुने उद्देश्यसहित कार्यक्षेत्रमा प्रवेश गरेका छन्। दीक्षित हुनेमध्ये राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान, ...

यल्लो गुम्बामा आश्रित बाढीपीडितको आक्रोश- १५ मिनेटको दूरीमा रहेको सरकारले किन देख्दैन ?
अस्थायी शेल्टरका रुपमा यल्लो गुम्बामा आश्रय लिइरहेका बाढी प्रभावितहरू संघीय सरकारसँग रुष्ट बनेका छन् । ५१ दिनको अवधिमा केन्द्रीय सरकारको नजरमा आफूहरू नपरेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । ...

तीनदिने ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्न
२९ असोज, काठमाडौं । नेपालमा ह्विलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबारदेखि सुरु भएको प्रशिक्षण बिहीबार सम्पन्न भएको हो । प्रशिक्षणमा नेपालका… ...

स्वस्तिमालाई अँगालेर निश्चलले लेखे, ‘जीवन जिउनु एउटा कला’
पछिल्लो समय निश्चल बस्नेत निकै रोमान्टिक मुडमा छन् । देश, काल, परिस्थितिबारे चिन्तन गर्ने उनी अहिले परिवारकेन्द्रित भएका छन् । र, खासगरी दाम्पत्य सुखबारे स्टाटस लेखिरहेका छन् । उनको पछिल्लो स्टाटस हेर्दै जानुभयो भने उनी नितान्त दाम्पत्य सुखमा फर्किएको पाउनुहुनेछ । यस्तो लाग्छ, उनी दाम्पत्य प्रेममा चुलुम्मै डुबेका छन् । केही दिनअघि मात्र उनले लेखेका… ...


