Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सशस्त्र प्रहरीका १ हजार २९६ जवान दीक्षित

सशस्त्र प्रहरीका १ हजार २९६ जवान दीक्षित

10/15/2026, 8:17:20 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सशस्त्र प्रहरीका १ हजार २९६ जवान दीक्षित

सशस्त्र प्रहरी बल, नेपालका १ हजार २९६ जना जवान आधारभूत तालिम पूरा गरी दीक्षित भएका छन्। राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थसहित विभिन्न शिक्षालयमा सञ्चालित करिब ११ महिनाको आधारभूत तालिम सम्पन्न गरेपछि उनीहरू असोज २९ गते दीक्षित भएका हुन्। दीक्षित जवानहरू राष्ट्र र नागरिकको सेवामा समर्पित हुने उद्देश्यसहित कार्यक्षेत्रमा प्रवेश गरेका छन्। दीक्षित हुनेमध्ये राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थबाट १२३ जना, पाथिभरा जवान तालिम शिक्षालय, झापाबाट ११७ जना र दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीबाट ११६ जना रहेका छन्। त्यस्तै, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना तालिम शिक्षालय, ककनीबाट २३३ जना, विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट ११९ जना, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, पोखराबाट ११५ जना र सीमा सुरक्षा तालिम शिक्षालय, बर्दघाटबाट १२५ जना दीक्षित भएका छन्। यसैगरी, सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौबस्ता, बाँकेबाट ११६ जना, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालय, टीकापुरबाट ११३ जना र बडिमालिका जवान तालिम शिक्षालय, वनभेहडा, कैलालीबाट ११९ जना प्रशिक्षार्थी दीक्षित भएका छन्। कठिन र व्यावसायिक तालिमका क्रममा प्रशिक्षार्थीले फौजी ज्ञान, सीप तथा व्यावसायिक दक्षता हासिल गरेका छन्। तालिमले उनीहरूमा अनुशासन, इमानदारिता, कर्तव्यनिष्ठा, राष्ट्रप्रतिको समर्पण, मानवीय संवेदनशीलता र सांगठनिक जिम्मेवारीबोध अभिवृद्धि गरेको सशस्त्र प्रहरीले जनाएको छ। तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई कार्यक्षेत्रमा व्यवहारमा उतार्दै उच्च व्यावसायिक मर्यादा, नैतिक आचरण र जवाफदेहितासहित राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय एकता, सुरक्षा तथा नागरिकको सेवामा समर्पित रहन दीक्षित जवानहरूलाई प्रेरित गरिएको छ। नेपाल सरकारको सुशासन, आर्थिक पारदर्शिता र जवाफदेहितासम्बन्धी नीतिलाई आत्मसात् गर्दै दीक्षान्त कवाज मितव्ययी, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गरिएको सशस्त्र प्रहरीले जनाएको छ। यसले संगठनको स्रोतसाधनको सदुपयोग, अनुशासित कार्यसंस्कृतिको प्रवर्द्धन तथा जिम्मेवार र व्यावसायिक सुरक्षा जनशक्ति उत्पादनप्रतिको प्रतिबद्धता प्रतिबिम्बित गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

सिरहामा खोलामा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता
OthersJust now

सिरहामा खोलामा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता

२९ असोज, काठमाडौं । सिरहाको लहान नगरपालिका–२३ स्थित बलान खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसो करिब पौने ३ बजे बलान खोलामा पौडी खेल्ने क्रममा लहान नगरपालिका–२३ निवासी राम उदगार महतोका ८ वर्षीय छोरा अभिनन्दन महतो र जोगेन्द्र महतोका १२ वर्षीय छोरा… ...

अनलाइन खबर
हिमालय स्पोर्ट्सको ‘रेड बुल क्रिकेट लाइभ’ मा शोएब अख्तर सहभागी हुने
OthersJust now

हिमालय स्पोर्ट्सको ‘रेड बुल क्रिकेट लाइभ’ मा शोएब अख्तर सहभागी हुने

हिमालय स्पोर्ट्सले अख्तरलाई एनपीएलका खेलअघि र खेलपछि सञ्चालन हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ इन एसोसिएसन विथ बजाज पल्सर’ मा विशेष अतिथिका रूपमा अनुबन्ध गरेको जनाएको छ। ...

अनलाइन खबर
एक हजार २९६ जना सशस्त्र प्रहरी जवान दीक्षित
OthersJust now

एक हजार २९६ जना सशस्त्र प्रहरी जवान दीक्षित

२९ असोज, काठमाडौं । सशस्त्र प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका १ हजार २९६ जना प्रशिक्षार्थी दीक्षित भएका छन् । करिब ११ महिनाको कठोर तथा अनुशासित तालिम पूरा गरेका प्रशिक्षार्थी जवानहरू बिहीबार दीक्षित भई कार्यक्षेत्रमा प्रवेश गरेका हुन् । दीक्षित जवानहरूमध्ये राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थबाट १२३ जना, पाथिभरा जवान तालिम… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play