झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा। चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडबाडमा उपभोग्य वस्तुको माग बढ्न सक्ने भएकाले आपूर्ति व्यवस्थालाई चुस्त र व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उनले जिल्लामा ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति अवस्थाबारे समीक्षा गर्दै उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउन आवश्यक समन्वय गर्न जोड दिए । नेपाल आयल निगम चारआलीका प्रमुख उमेशकुमार पोखरेलका अनुसार जिल्लामा पेट्रोलियम पदार्थको अभाव छैन । झापामा दैनिक पाँच हजार ५०० सिलिन्डर ग्यासको माग रहेकामा सात हजार ६०० सिलिन्डर उत्पादन भइरहेको पराजुली ग्यास उद्योगका सञ्चालक जितबहादुर कार्कीले जानकारी दिए । पछिल्लो दुई महिनामा नियमित खपतको तुलनामा करिब ४० प्रतिशत बढी ग्यास बजारमा खपत भएको उनको भनाइ छ । चाडबाडमा नियमित आपूर्ति सुनिश्चित गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार छलफलमा सुरक्षा निकाय, आयल निगम, पेट्रोलियम डिलर्स एसोसिएसन तथा ग्यास विक्रेता सङ्घका प्रतिनिधि सहभागी थिए ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दसैँका लागि ल्याइएका साढे सात सय विद्युतीय गाडी मुस्ताङमै रोकिए
मुक्तिनाथ (मुस्ताङ), असोज २७ गते । दसैँलाई लक्षित गरी चीनको तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकाबाट नेपाल भित्र्याइएका ठुलो सङ्ख्याका विद्युतीय सवारीसाधन (ईभी) उपल्लो मुस्ताङमै रोक... ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ एचआइडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन्... ...

राज्यले लिने हरेक निर्णयमा सञ्चारकर्मी सचेत हुनुपर्छ : प्रेमलाल चौधरी
मोरङका प्रेमलाल चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधि सभा सदस्य हुन्् । सुन्दरहरैँचा नगरपालिका वडा नं. १२ का चौधरी रास्वपाको समावेशी कोटाअन्तर्गत संसद् पुगेका छन् । मोरङ क्षेत्र नम्बर... ...

दशैं नजिकिँदै गर्दा पनि कलंकी खसीबजार सुनसान
काठमाडौं । दशैं नजिकिएसँगै खसीबजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे पनि यस वर्ष काठमाडौंको कलंकीस्थित खसीबजारमा विगतका वर्षको तुलनामा सुनसान देखिएको छ । दशैंका लागि खसीबोका खरिद गर्ने ग्राहकको उपस्थिति अपेक्षाअनुसार नबढेको व्यापारीहरूले बताएका छन् । कलंकी खसीबजारमा विगत ८-९ वर्षदेखि व्यापार गर्दै आएका चितवनका रामहरि थापा क्षेत्रीकाअनुसार यस वर्ष बजारमा खासै चहलपहल छैन । उनकाअनुसार खसीको आपूर्तिमा ठूलो समस्या नभए ...


