दशैं नजिकिँदै गर्दा पनि कलंकी खसीबजार सुनसान

काठमाडौं । दशैं नजिकिएसँगै खसीबजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे पनि यस वर्ष काठमाडौंको कलंकीस्थित खसीबजारमा विगतका वर्षको तुलनामा सुनसान देखिएको छ । दशैंका लागि खसीबोका खरिद गर्ने ग्राहकको उपस्थिति अपेक्षाअनुसार नबढेको व्यापारीहरूले बताएका छन् । कलंकी खसीबजारमा विगत ८-९ वर्षदेखि व्यापार गर्दै आएका चितवनका रामहरि थापा क्षेत्रीकाअनुसार यस वर्ष बजारमा खासै चहलपहल छैन । उनकाअनुसार खसीको आपूर्तिमा ठूलो समस्या नभए पनि गत वर्षको तुलनामा मूल्य भने बढेको छ । व्यापारी थापा क्षेत्रीकाअनुसार कलंकी खसीबजारमा दाङ, सल्यान, सुर्खेत, कालीकोट, बैतडी, डोटी, उदयपुरलगायत विभिन्न जिल्लाबाट खसीबोका ल्याउने गरिन्छ । विभिन्न जिल्लाबाट खसीबोका भित्रिए पनि बजारमा ग्राहकको उपस्थिति भने विगतका वर्षजस्तो नरहेको उनले बताए । हाल कलंकी खसीबजारमा खसीको मूल्य प्रतिकिलो ७८० देखि ८६० रुपैयाँसम्म रहेको व्यापारीहरू बताउँछन् । गत वर्षको तुलनामा मूल्य महँगो हुँदा उपभोक्तालाई दशैंका लागि खसी खरिद गर्न थप खर्च लाग्ने देखिएको छ । दशैंमा मासुको खपत बढ्ने र खसीबजारमा किनमेल गर्नेको भीड लाग्ने अपेक्षा गरिए पनि यस वर्षको बजारको अवस्थाले व्यापारीहरूलाई निराश बनाएको छ । दशैं नजिकिँदै गर्दा आगामी दिनमा ग्राहकको चहलपहल बढ्ने र व्यापारमा सुधार आउने आशा व्यापारीहरूले गरेका छन् ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु , छ जना घाइते
किएभ, असोज २८ गते । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार राति राजधानी किएभमा भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणअघि पश्चिमा सहयोगी राष्ट्रहरूबाट पूर्वसूचना प्... ...

आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित
काठमाडौँ । कांग्रेसको आदिवासी जनजाति कलस्टरबाट पुरुष र महिला केन्द्रीय सदस्यहरूको नतिजा सार्वजनिक भएको छ । केही बेर अगाडि निर्वाचन समितिले नतिजा सार्वजनिक गरेको हो । जनजाति महिलातर्फ ३४ उम्मेदवारबाट६... ...

एन्फाका निवर्तमान अध्यक्ष शेर्पा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १५औं महाधिवेशनमा शेर्पाले आदिवासी जनजाति क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । आदिवासी जनजाति क्षेत्रबाट शेर्पासँगै १२ जना सदस्य पदमा निर्वाचित भएका छन् । यो पदका लागि ४१ जनाले उम्मेदवारी दिएका थिए।  … ...

रेडियो कान्तिपुर २८ वर्षमा प्रवेश
२०५५ असोज २८ गते उद्घाटन भएको रेडियो कान्तिपुरले समाचार, सूचना, संगीत र मनोरञ्जनका कार्यक्रम निरन्तर प्रसारण गर्दै आएको छ। ...


