बार्सिलोनाको पुनरागमन जित

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा मंगलबार टर्कीको गालातासरेविरुद्ध ४–१ को पुनरागमन जित निकालेको छ । राम्स पार्कमा पाहुना टोली बार्सिलोनालाई जित दिलाउन जोआओ कान्सेलो, फर्मिन लोजेप, एन्टोनी गोर्डन र करिम अदेयेमीले एक–एक गोल गरे । गालागासरेका अलेक्सी बात्राकोभले गोल गरे । खेलको २८औँ मिनेटमा बात्राकोभको गोलमार्फत गालातासरेले अग्रता लिएको थियो । तर, टोलीले अग्रता जोगाउन सकेन । पहिलो हाफको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा कान्सेलोले बार्सिलोनालाई बराबरीमा ल्याए । लोपेजले ५०औँ मिनेटमा गोल गर्दा बार्सिलोना २–१ ले अगाडि बढ्यो । तीन मिनेटपछि नै गोर्डनले टोलीका लागि तेस्रो गोल गरे । अदेयेमीले ६५औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाले ४–१ को सहन जित निकाल्यो । लगातार दोस्रो जितसँगै दुई खेलबाट ६ अंक जोडेको बार्सिलोना शीर्षस्थानमा छ । पराजित गालातासरे समान खेलबाट विना अंक ३४औँ स्थानमा छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

फेरिएनन् काठे पुल
बाजुरा समाचारदाताबाजुरा, असोज २८ गते । बाजुरावासी कामको सिलसिलामा लेक औल आउजाउ गर्दा ज्यान जोखिममा राखेर काठेपुल तर्न बाध्य छन् । काठे पुल फेर्नका लागि यहाँका स्थानीयले स्थानीय, प्... ...
नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन
बाँके । दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिमा प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैँको उमङ्ग ल्याएको छ ।... ...

कांग्रेस खस–आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो
काठमाडौं।नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खस–आर्य महिला) तर्फको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन्। ८ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस समूहमा १ हजार ५०० मत गणना हुँदा डा. भद्रा पराजुली भण्डारीले ६८० मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेकी जानुका पन्तले ५०७ मत प्राप्त गरेकी छन् भने गीता देवकोटा ५०५ मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, ...

सडक विस्तार भयो, काठेपुलको जोखिम हटेन
बाजुरा समाचारदाताबाजुरा, असोज २८ गते । बाजुरामा गोरेटो बाटोको स्वरूप फेरिएर ग्रामीण सडक निर्माण भए पनि काठेपुल भने अझै फेरिएका छैनन् । स्थानीय तहले पुराना गोरेटो बाटोलाई मोटर चल्ने... ...


