Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेस खस–आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो

कांग्रेस खस–आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस खस–आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो

काठमाडौं।नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खस–आर्य महिला) तर्फको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन्। ८ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस समूहमा १ हजार ५०० मत गणना हुँदा डा. भद्रा पराजुली भण्डारीले ६८० मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेकी जानुका पन्तले ५०७ मत प्राप्त गरेकी छन् भने गीता देवकोटा ५०५ मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, जानकी सिंहले ४४७, अम्बिका सुवेदी र कृष्णकुमारी बस्नेतले समान ४२५ मत प्राप्त गरेका छन्। अधिवक्ता सरिता तिम्सिना पंगेनीले ४०४ मत पाउँदा बिनिता अधिकारीले ४०२ मत प्राप्त गरेकी छन्। चम्पादेवी खड्काले ३९१, सन्तोषी साउद ऐरीले ३६७, उर्मिला कँडेलले ३१८ र शोभा अधिकारीले ३०३ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारमध्ये बिन्दु मल्ल ठकुरी (आस्था) ले २६९, निर्मला वस्ताकोटी (निरु खड्का) ले २६६, हिरा भट्टराईले २६०, सीतादेवी पौडेलले २४१, सुजाता कार्कीले २२५ र प्रमिला लम्सालले २२३ मत पाएका छन्। त्यसैगरी, निर्मला कुमारी रावल कार्कीले २१२, सरस्वती भट्टले २०४, कमला लामिछानेले १९१, सीता ज्ञवालीले १८३, माधवी शर्मा वाग्लेले १८१, शान्ता बास्कोटा र नारायणी रायमाझीले समान १८० तथा बसन्ती भाटले १७९ मत प्राप्त गरेका छन्। गीता सिंखडाले १७२, सुमनकुमारी संज्यालले १४९, राधाकुमारी कुँवर क्षेत्रीले १३६, निर्मला रिसालले १३५ र सृजना लामिछाने फुयाँलले १३० मत प्राप्त गरेका छन्। हालसम्मको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अन्य प्रतिस्पर्धीभन्दा फराकिलो अग्रता बनाएकी छन्। ८ जना निर्वाचित हुने यस समूहमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

म्यानचेस्टर युनाइटेडले पर्याप्त खेलाडी अनुबन्ध नगरेकोमा कप्तान मार्टिनेजको आक्रोश
ताजा खबरJust now

म्यानचेस्टर युनाइटेडले पर्याप्त खेलाडी अनुबन्ध नगरेकोमा कप्तान मार्टिनेजको आक्रोश

काठमाडौँ । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजले च्याम्पियन्स लिगमा छनोट भएपछि पनि टोलीलाई बलियो बनाउन पर्याप्त खेलाडी अनुबन्ध नगरेको भन्दै क्लब व्यवस्थापनको आलोचना गरेका छन् । मंगलबार एट्लेटिको म्याड्रिडसँग... ...

रातोपाटी
प्रदेशसभा सदस्य वीरबहादुर थापाले मलाई राजीनामा पत्र बुझाउनु भएको छ : सभामुख भण्डारी
ताजा खबरJust now

प्रदेशसभा सदस्य वीरबहादुर थापाले मलाई राजीनामा पत्र बुझाउनु भएको छ : सभामुख भण्डारी

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरबहादुर थापाले आफूलाई राजीनामा पत्र बुझाएको सभामुख भीमबहादुर भण्डारीले पुष्टि गरेका छन् । बुधबार रातोपाटीसँग कुराकानी गर्दै भण्डारीले आफूलाई थापाले राजीनामा पत्र बुझाएको पुष्टि... ...

रातोपाटी
मंसिर १ गतेदेखि सञ्चालन हुने कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक
ताजा खबरJust now

मंसिर १ गतेदेखि सञ्चालन हुने कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक

ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक गरेको छ।  ईपीएस शाखाले सूचना जारी गरेर आगामी मंसिर १ गतेदेखि सञ्चालन हुने कोरियन भाषा परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक परीक्षामा दुईवटा नयाँ क्षेत्र थप गरिएको सूचनामा उल्लेख छ। यसअघि उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकोमा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्... ...

नेपालखबर
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ताजा खबरJust now

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–९ एचआइडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार आज बिहान पूर्वपश्चिम राजमार्गमा हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना४२प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play