ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–९ एचआइडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार आज बिहान पूर्वपश्चिम राजमार्गमा हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना४२प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो। प्रहरीले दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकलसहित ट्रक चालक सर्लाहीको धनकौल गाउँपालिका–१ निवासी ४४ वर्षीय नागेश्वर महतोलाई नियन्त्रणमा लिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

कांग्रेस महाधिवेशन: आज मुस्लिम, कोशी र श्रमिक क्लस्टरको मतगणना
निर्वाचन समितिका अनुसार मुस्लिम र कोशी प्रदेशको मतगणना बिहान ११ बजे तथा श्रमिकसहित अन्य क्लस्टरको गणना दिउँसो १२ बजे सुरु हुनेछ। ...

फर्स्ट माइक्रोफाइनान्सको नगद लाभांश घोषणा
काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर प्रयोजनार्थसहित चुक्ता पूँजीको ११.०५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको लाभांश पारित गरेको हो । असोज २७ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी ...

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु , छ जना घाइते
किएभ, असोज २८ गते । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार राति राजधानी किएभमा भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणअघि पश्चिमा सहयोगी राष्ट्रहरूबाट पूर्वसूचना प्... ...

आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित
काठमाडौँ । कांग्रेसको आदिवासी जनजाति कलस्टरबाट पुरुष र महिला केन्द्रीय सदस्यहरूको नतिजा सार्वजनिक भएको छ । केही बेर अगाडि निर्वाचन समितिले नतिजा सार्वजनिक गरेको हो । जनजाति महिलातर्फ ३४ उम्मेदवारबाट६... ...


