Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कूटनीतिलाई परिणाममुखी बनाउँदै आर्थिक विकाससँग जोड्ने जर्मनीका लागि प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

कूटनीतिलाई परिणाममुखी बनाउँदै आर्थिक विकाससँग जोड्ने जर्मनीका लागि प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

10/13/2026, 2:56:34 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कूटनीतिलाई परिणाममुखी बनाउँदै आर्थिक विकाससँग जोड्ने जर्मनीका लागि प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक नियोगलाई आर्थिक विकास, वैदेशिक लगानी र श्रम कूटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै जोशीले नेपालको हित र समृद्धिका लागि आफ्नो अनुभवलाई पूर्ण रूपमा उपयोग गर्ने बताएकी हुन् । संयुक्त राष्ट्रसंघमा करिब २१ वर्ष काम गरेको अनुभवलाई नेपालको कूटनीतिक सम्बन्ध विस्तार, राष्ट्रिय छवि सुधार र आर्थिक उन्नतिमा उपयोग गर्ने उनको भनाइ छ । आफूले कुनै पनि गैरसरकारी संस्थामा काम नगरेको स्पष्ट पार्दै उनले राष्ट्रसंघीय निकायमा काम गरेको अनुभवले स्वार्थको द्वन्द्व सिर्जना नगर्ने दाबीसमेत गरिन् । जोशीले आर्थिक कूटनीति, पर्यटन प्रवर्द्धन र वैदेशिक रोजगारीको व्यवस्थापनलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि सारेकी छन् । नेपाल र जर्मनीबीचको कन्सुलर सेवा तथा श्रम सम्झौतालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले दक्ष जनशक्ति परिचालन र नेपालमा देखिएको जनशक्ति अभावबीच सन्तुलन कायम गर्न निजी क्षेत्र तथा सरकारी निकायसँग समन्वय गरेर कार्ययोजना बनाउने बताइन् । ‘कूटनीति भनेको केवल प्राविधिक विषय होइन, यो अवसर खोज्ने माध्यम पनि हो,’ उनले भनिन्, ‘फिलिपिन्सबाट सिकेको अनुभवअनुसार म साना–साना अवसरहरूलाई पनि ग्र्याब गर्दै दुवै मुलुकको हित हुनेगरी परिणाममा लैजान केन्द्रित हुनेछु ।’ जोशीले नेपालको जडीबुटीजन्य उत्पादनको जर्मन बजारमा निर्यात बढाउन प्रयोगशाला परीक्षण र प्रमाणीकरणको व्यवस्था आवश्यक रहेको औंल्याइन् । नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच पाउन गुणस्तर परीक्षण र प्रमाणीकरणका प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । त्यस्तै, जर्मनीमा रहेको नेपाली डायस्पोराको सीप, अनुभव र सञ्जाललाई नेपालको विकाससँग जोड्ने योजना पनि उनले प्रस्तुत गरिन् । विदेशमा रहेका नेपालीको ज्ञान र दक्षतालाई औपचारिक माध्यमबाट परिचालन गरी नेपालको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउन सकिने उनले बताइन् । युक्रेनमा रहेका नेपाली तथा युद्धबन्दीका विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जोशीले व्यक्त गरिन् । कूटनीतिक नियोगलाई औपचारिक भेटघाट र प्रतिनिधित्वमा मात्र सीमित नराखी व्यापार विस्तार, पर्यटन प्रवर्द्धन, श्रम व्यवस्थापन र नेपाली उत्पादनको निर्यात वृद्धिमा सक्रिय बनाउने उनको कार्ययोजनाको मुख्य जोड छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

भोटेकोशी बाढीका मृतकको घेवामा प्रचण्ड सहभागी
OthersJust now

भोटेकोशी बाढीका मृतकको घेवामा प्रचण्ड सहभागी

नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । ...

अनलाइन खबर
कांग्रेसको सहमहामन्त्री खुल्लामा अजयबाबु शिवाकोटी निर्वाचित
OthersJust now

कांग्रेसको सहमहामन्त्री खुल्लामा अजयबाबु शिवाकोटी निर्वाचित

नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । सानेपामा जारी मतगणना सकिएसँगै शिवाकोटी निर्वाचित भएका हुन्। कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन्। ...

पर्दाफास
गमबुटमा कस्तो देखिए अनमोल ?
OthersJust now

गमबुटमा कस्तो देखिए अनमोल ?

अनमोल केसीको क्लासिक लभ स्टोरी ‘बाटूलो जुन’ प्रदर्शनको मुखैमा छ । यो फिल्मको प्रचारका लागि अहिले टिजर, गीत सार्वजनिक गर्ने सिलसिला जारी छ । सोही क्रममा अघिल्लो दिन एउटा गीत सार्वजनिक भयो । गीतको बोल थियो, ‘मेरो मन चोर्‍यौ सुटुक्कै।’ यो फिल्ममा बाबुछोरा अर्थात् भुवन केसी र अनमोल दुवै देखिँदैछन् । फिल्ममा अनमोलले त्यही भूमिका… ...

अनलाइन खबर
को हुन् यी देवी, जो प्रेम र यौनको प्रतीक हुँदै विवादको केन्द्र बनिन् ?
OthersJust now

को हुन् यी देवी, जो प्रेम र यौनको प्रतीक हुँदै विवादको केन्द्र बनिन् ?

समुद्रको फिँजबाट उठी, छालहरूमा चिप्लिँदै साइप्रसको किनारमा जब एउटी सुन्दरी प्रकट भइन्, तब सायद प्रकृतिको पनि धड्कन रोकिएको थियो होला । मिथकका पाना पल्टाउँदा क्रोनोसले आफ्ना पिता उरानोसको जननेन्द्रीय काटेर समुद्रमा फ्याँकेको क्रूर दृश्यबाट जन्मिएकी ती देवी हुन् अफ्रोडाइटी । जो इतिहासको कालखण्डमा प्रेम, सौन्दर्य र यौनको प्रतीक त रहिन नै, सँगै मानव सभ्यताको सबैभन्दा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play