भोटेकोशी बाढी प्रभावित डेरी व्यवसायीलाई डेरी एसोसिएसन बागमती प्रदेशको राहत

ललितपुर । नेपाल डेरी एसोसिएसन बागमती प्रदेश कार्यसमितिले भोटेकोशी बाढीबाट प्रभावित डेरी व्यवसायी तथा एसोसिएसनका सदस्यहरूलाई राहत हस्तान्तरण गरेको छ । नेपालीहरूको महान् पर्व विजया दशमी, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसँगै राहत हस्तान्तरण कार्यक्रम–२०८३ आयोजना गरी प्रभावित सदस्यहरूलाई सहयोग गरिएको हो । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाल प्रमुख अतिथि तथा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रम एसोसिएसनको केन्द्रीय कार्यालय शंखमूल, ललितपुरमा आयोजना गरिएको थियो । कार्यक्रममा एसोसिएसनका संस्थापक एवं सल्लाहकार राजन दाहाल, बोर्ड सदस्य रामभक्त दाहाल, वरिष्ठ उपाध्यक्ष दीपप्रसाद धमला, उपाध्यक्ष मनोज प्रसाद घिमिरे, सहसचिव रमेश सञ्जेल, नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघका महासचिव श्रीकृष्ण भण्डारी, नेपाल डेरी एसोसिएसन नुवाकोटका अध्यक्ष बालकृष्ण ढुङ्गानालगायत विभिन्न पदाधिकारी, सदस्य तथा अतिथिहरूको उपस्थिति थियो । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित डेरी व्यवसायी तथा एसोसिएसनका सदस्यहरूलाई सहयोग पुर्याउने उद्देश्यले राहत हस्तान्तरण गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा नुवाकोटका त्रिशुल डेरी प्रालि, न्यू स्टार नुवाकोट डेरी सप्लायर्स, भुवनेश्वरी डेरी सप्लायर्स तथा त्रिशुली दूध सङ्कलन तथा बिक्री केन्द्रसँग आबद्ध प्रभावित सदस्यहरूलाई राहत प्रदान गरिएको थियो । राहत सङ्कलन तथा व्यवस्थापनमा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको अगुवाइमा एसोसिएसनका पदाधिकारी, सदस्य तथा आबद्ध डेरी उद्योगी व्यवसायीहरूले सहयोग गरेका थिए । एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले विपद्का बेला आफ्ना सदस्यहरूलाई साथ दिनु, उनीहरूको आर्थिक तथा सामाजिक हितमा सहकार्य गर्नु र आपसी सहयोगको भावना बलियो बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो । बागमती प्रदेशका उपाध्यक्ष ध्रुव तिवारीले स्वागत मन्तव्यका क्रममा कार्यक्रमले चाडपर्वको खुसी साटासाट गर्नुका साथै विपद्मा परेका व्यवसायी तथा सदस्यहरूको दुःखमा साथ दिनुपर्ने मानवीय भावना र सामाजिक उत्तरदायित्वको सन्देश दिएको बताउनुभयो । एसोसिएसनका सल्लाहकार राजन दाहालले सदस्यहरूलाई अप्ठ्यारो परेको समयमा संस्थाले सधैँ सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि हेमराज ढकालले नेपाल डेरी एसोसिएसन सक्रिय र सदस्यहरूको हितमा काम गर्ने संस्था रहेको बताउनुभयो । विपद्का बेला सदस्यहरू एकजुट भएर प्रभावित व्यवसायीलाई सहयोग गर्नु प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले यसबाट आफू खुसी भएको बताउनुभयो । उहाँले नेपाल डेरी एसोसिएसनले नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्य गर्दै आएको स्मरणसमेत गर्नुभयो । कार्यक्रमको समापन गर्दै बागमती प्रदेश अध्यक्ष टीका प्रसाद घिमिरेले विजया दशमी, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल
एजेन्सी- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल १२ वर्षको ढिलाइपछि बिहीबार सञ्चालनमा आएको छ। यसबाट दुई देशबीच व्यापार, यातायात र आर्थिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ। सन् २०१४ मै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पुल उत्तर कोरियातर्फको निर्माण अधुरो रहेकाले लामो समय रोकिएको थियो। चीनमाथिको आर्थिक निर्भरता, उत्तर कोरियाको […] ...

दशैं, तिहार र छठमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले बिहीबार जरुरी सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्रीवितरण गर्न आग्रह गरेको हो। विभागले उपभोग्य ...

रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले जलवायुजन्य बाढीबाट प्रभावित विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति गरेका जलविद्युत आयोजनासहितका भौतिक पूर्वाधारको पुनर्निमाणमा तीनै तहको सरकारबीच आवश्यक समन्वय र सहकार्य आवश्यक ...

बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
• बुढीगण्डकी नदीमा आएको बाढीका कारण ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाले सुरक्षित स्थानमा पुर्याएको छ। • नेपाली सेनाको टोलीले हवाई र स्थल मार्गबाट निरन्तर खोज र उद्धार कार्य गर्दैछ। • राहत सामग्रीको ढुवानीलाई तीव्रता दिई ३,९६० किलोग्राम खाद्यान्न र अन्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। ...


