इरानविरुद्ध नयाँ सैन्य रणनीति बनाउँदै अमेरिका

वासिङटन।अमेरिकी सेनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानमाथि पुनः सैन्य कारबाही सुरु भएमा त्यहाँको ऊर्जा पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी शक्तिशाली गैरआणविक बम ‘मदर अफ अल बम्स’ (एमओएबी) प्रहार गर्ने योजनासहित नयाँ आक्रमण रणनीति तयार पारेको छ। सीएनएनले बिहीबार अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो जनाएको हो। अमेरिकी अधिकारीहरूका अनुसार आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि वा त्यसपछि इरानमाथि सैन्य कारबाही पुनः सुरु भएमा उक्त बम प्रयोग गर्ने विकल्पमाथि विचार भइरहेको छ। इरानसँगको जारी द्वन्द्वमा पहिलो पटक एमओएबी प्रयोग गरिएमा त्यसले युद्धलाई थप चर्काउन सक्ने सीएनएनले जनाएको छ। यद्यपि, उक्त बमको प्रयोगले अमेरिकाका घोषित रणनीतिक उद्देश्य पूरा गर्न वा युद्धको शक्ति सन्तुलन बदल्न कत्तिको प्रभाव पार्छ भन्नेमा अमेरिकी सैन्य योजनाबारे जानकार अधिकारीहरूले शंका व्यक्त गरेका छन्। वासिङ्टन र तेहरानबीच द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि तनाव कायमै छ। राष्ट्रपति ट्रम्पले अक्टोबर ८ मा इरानी अधिकारीहरूसँग वार्ता जारी रहेकाले नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि इरानमाथि नयाँ आक्रमण नगर्ने बताएका थिए। तर, निर्वाचनपछि सैन्य कारबाही हुन सक्ने सम्भावनालाई उनले खुला राखेका थिए। इरानसँगको द्वन्द्वले क्षेत्रीय सुरक्षा र विश्वव्यापी ऊर्जा आपूर्तिबारे चिन्ता बढाएको छ। विशेष गरी स्ट्रेट अफ होर्मुजको सुरक्षालाई लिएर चासो बढेको छ। युद्धअघि विश्वको ठूलो परिमाणमा तेल ढुवानी हुने यो सामुद्रिक मार्ग अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिन्छ। करिब ९ हजार ५२५ किलोग्राम तौल भएको एमओएबी अमेरिकी सेनाको भण्डारमा रहेको सबैभन्दा ठूलो गैरआणविक बम हो। यसलाई ठूलो क्षेत्रफलमा रहेका लक्ष्यहरू ध्वस्त पार्न डिजाइन गरिएको हो। –रासस/सिन्ह्वा
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

चिकित्सक नहुँदा उपचारमा समस्या
उदयपुर। जिल्ला अस्पतालमा सम्बन्धित रोगका चिकित्सक नभएपछि बिरामीहरु उपचार नगराई फर्कन बाध्य भएका छन्। उदयपुर जिल्लाको सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचार गर्न पुगेका बिरामी ओपिडीको कार्यकक्षमा पुग्दा चिकित्सक थिएनन्। उपचारका लागि ओपिडीको... ...

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान केही पछाडि धकेलिएको छः केपी ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताउनुभएको छ । केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेले पनि त्यसलाई असफलता वा पराजयका रूपमा लिन नहुने उहाँको भनाइ छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एमाले) को नीति अध्ययन ...

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते
• काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु र १६ जना घाइते भएका छन्। • मृतक १८ वर्षीय सोनु बस्याल हुन्, र गम्भीर घाइते सहचालकलाई धरानको अस्पतालमा पठाइएको छ। • बसमा कुल ३५ जना सवार थिए। ...

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण
रसुवा। गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग अवरुद्ध भएपछि सङ्कटमा परेका रसुवाको लाङटाङ क्षेत्रका सबै घरधुरीका लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरी वितरण गरिएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-४... ...


