‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान केही पछाडि धकेलिएको छः केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताउनुभएको छ । केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेले पनि त्यसलाई असफलता वा पराजयका रूपमा लिन नहुने उहाँको भनाइ छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो कार्यकालमा अघि सारिएका सामाजिक सुधारका कार्यक्रमलाई समाजवादउन्मुख राज्य निर्माणका प्रयासका रूपमा व्याख्या गर्नुभयो । उहाँले सडक बालबालिकालाई उद्धार तथा व्यवस्थापन गर्ने, सहयोगापेक्षी सडक मानवको संरक्षण गर्ने र सडकमा भिक्षा माग्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयासलाई नागरिकप्रति जिम्मेवार सरकारको अवधारणासँग जोड्नुभयो । अध्यक्ष ओलीले ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा तथा बालबालिकाका लागि सञ्चालन गरिएको ‘खोलौँ खाता’ अभियानलगायतका कार्यक्रमलाई मानवतावादी सोचबाट प्रेरित सामाजिक सुरक्षाका पहलका रूपमा चर्चा गर्नुभयो । शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका व्यक्ति, असहाय, बेसहारा तथा ज्येष्ठ नागरिकको संरक्षण गर्नु राज्यको दायित्व भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य लिएका छौँ । पछिल्ला घटनाका कारण हाम्रो गन्तव्य केही पछाडि धकेलिएको छ, तर यसको अर्थ हामी असफल वा पराजित भएका होइनौँ । हामीले समाजवादको आधार निर्माण गर्ने क्रममा सामाजिक क्षेत्रमा विभिन्न काम गरेका थियौँ । सडक बालबालिकालाई उद्धार गरी उचित व्यवस्थापन गर्ने, असहाय र बेसहारा सडक मानवको संरक्षण गर्ने तथा सडकमा भिक्षा माग्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास गरेका थियौँ ।” सरकारको जिम्मेवारी हिसाबकिताब र जवाफदेहितामा मात्र सीमित नहुने उल्लेख गर्दै ओलीले नागरिकप्रति आत्मीयता र संवेदनशीलताका साथ प्रस्तुत हुनुपर्ने बताउनुभयो । उहाँले आमाले आफ्ना सन्तानको हेरचाह गरेझैँ सरकारले पनि नागरिकको संरक्षण र कल्याणमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । आफ्नो कार्यकालमा भएका विकास निर्माण तथा सामाजिक कार्यमाथि हुने आलोचनाको प्रसङ्ग उल्लेख गर्दै उहाँले नागढुङ्गा क्षेत्रमा राखिएको साइनबोर्डसम्बन्धी विवादलाई सामान्य प्राविधिक विषयका रूपमा व्याख्या गर्नुभयो । साइनबोर्ड हटाउँदैमा आफूहरूले गरेका सामाजिक कामको महत्त्व र तिनले समाजमा पारेको प्रभाव समाप्त नहुने उहाँको तर्क थियो । अध्यक्ष ओलीले भन्नुभयो, “सरकारको जिम्मेवारी केवल जवाफदेहिता र हिसाबकिताबमा सीमित हुँदैन । जसरी आमाले आफ्ना सन्तानको हेरचाह माया र आत्मीयताका साथ गर्छिन्, त्यसरी नै सरकारले पनि आफ्ना नागरिकप्रति जिम्मेवार भएर काम गर्नुपर्छ । हामीले गरेका सामाजिक कार्यको महत्त्व कुनै साइनबोर्ड हटाउँदैमा समाप्त हुँदैन । ती कामले समाजमा पारेको प्रभाव र तिनको इतिहास मेटाउन सकिँदैन ।” समृद्धिको यात्राबारे प्रस्ट पार्दै उहाँले नागरिकलाई सुखी बनाउन पहिले उनीहरूका दुःख निवारण गर्नुपर्नेमा जोड दिनुभयो । गरिबी, अभाव र असहाय अवस्थाको अन्त्य गर्दै नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने वातावरण निर्माण गर्नु नै समृद्धिको आधार भएको उहाँको भनाइ छ । “सुखी नेपाली बनाउने हो भने पहिले जनताका दुःख निवारण गर्नुपर्छ । गरिबी, अभाव र असहाय अवस्थाको अन्त्य गर्दै नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने वातावरण बनाउनुपर्छ । पहिले दुःख निवारण, त्यसपछि सुख प्राप्ति—यही सोचका साथ हामीले सामाजिक न्याय र समृद्धिको बाटो अघि बढाएका थियौँ,” उहाँले भन्नुभयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल
एजेन्सी- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल १२ वर्षको ढिलाइपछि बिहीबार सञ्चालनमा आएको छ। यसबाट दुई देशबीच व्यापार, यातायात र आर्थिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ। सन् २०१४ मै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पुल उत्तर कोरियातर्फको निर्माण अधुरो रहेकाले लामो समय रोकिएको थियो। चीनमाथिको आर्थिक निर्भरता, उत्तर कोरियाको […] ...

दशैं, तिहार र छठमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले बिहीबार जरुरी सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्रीवितरण गर्न आग्रह गरेको हो। विभागले उपभोग्य ...

रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले जलवायुजन्य बाढीबाट प्रभावित विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति गरेका जलविद्युत आयोजनासहितका भौतिक पूर्वाधारको पुनर्निमाणमा तीनै तहको सरकारबीच आवश्यक समन्वय र सहकार्य आवश्यक ...

बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
• बुढीगण्डकी नदीमा आएको बाढीका कारण ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाले सुरक्षित स्थानमा पुर्याएको छ। • नेपाली सेनाको टोलीले हवाई र स्थल मार्गबाट निरन्तर खोज र उद्धार कार्य गर्दैछ। • राहत सामग्रीको ढुवानीलाई तीव्रता दिई ३,९६० किलोग्राम खाद्यान्न र अन्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। ...


