Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सिद्धार्थ बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न,२० प्रतिशत लाभांश पारित

सिद्धार्थ बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न,२० प्रतिशत लाभांश पारित

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिद्धार्थ बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न,२० प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ । बैंकको हाल कायम रहेको साधारण शेयरतर्फको चुक्ता पूँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १ सय ९५ रुपैँयाको १० प्रतिशतका दरले हुने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९ सय २० रुपैंया बराबरको बोनस शेयर जारी गर्ने तथा १० प्रतिशतका दरले १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९ सय २० रुपैंया नगद लाभांश (बोनस शेयर र नगद लाभांशको कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ । साथै, अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पूँजी ३ अर्ब ५० करोडको ८.२५ प्रतिशतका दरले हुने रकम १० करोड ७५ लाख ८९ हजार ४१ रुपैंया नगद लाभांश (कर प्रयोजनका लागि समेत) शेयर बाँडफाँड भएको मितिदेखि आसार मसान्त, २०८३ सम्मको लागि समानुपातिक रुपमा (१३६ दिनको) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी, सधारण सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गरेको छ । The post सिद्धार्थ बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न,२० प्रतिशत लाभांश पारित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

रश्मिकाले लिइन् ४०० परिवारको राशन खर्च जिम्मा
ताजा खबरJust now

रश्मिकाले लिइन् ४०० परिवारको राशन खर्च जिम्मा

मुम्बई । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको फिल्म ‘रणबाली’ छिट्टै रिलिज हुँदैछ । फिल्म रिलिज हुनुअघि अभिनेत्री सामाजिक कामबाट सबैको मन छुन सफल भएकी छन् । उनले ४०० परिवारलाई आर्थिक सहयोग... ...

रातोपाटी
चन्द्रपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
ताजा खबरJust now

चन्द्रपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

रौतहट – जिल्लाको चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट बुधबार १ बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी २ वर्षीया छोरी महिमा चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । बिहान करिब १०:५५ बजेको समयमा सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको मुन लाइट एकेडेमीले सञ्चालन गरेको बसले ठक्कर दिई घरअगाडि बाटो छेउमा […] ...

काठमाण्डुपाटी
अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, हुलाकले घरघरमै पुर्‍याइ दिने
ताजा खबरJust now

अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, हुलाकले घरघरमै पुर्‍याइ दिने

काठमाडौं।सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले आज मन्त्रालयबाट ‘हुलाक–सिम सेवा’ को शुभारम्भ गरे। सो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगी राख्नु पर्ने छैन। यस सेवाअन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड ‘फिजिकल’ ...

नेपालन्युज
अब चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि घरमै पुर्‍याइने
ताजा खबरJust now

अब चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि घरमै पुर्‍याइने

काठमाडौँ, असोज २८ गते । सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को सिमकार्ड उपलब्ध ग... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play