Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विद्युतीय तार : वन्यजन्तुका लागि जोखिम

विद्युतीय तार : वन्यजन्तुका लागि जोखिम

Share:WhatsAppFacebookX (Twitter)Telegram
विद्युतीय तार : वन्यजन्तुका लागि जोखिम

चितवन।चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका संरचनामा जडान गरिएका विद्युतीय तार वन्यजन्तुका लागि जोखिमपूर्ण बनेका छन्। विद्युतीय तारमा परेर हात्ती, गैंडालगायतका वन्यजन्तुले अनाहकमा ज्यान गुमाएका कारण विद्युतीय तार वन्यजन्तुका लागि अभिषाप बन्दै गएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश मगरले विसं २०६४ देखि हालसम्म निकुञ्जभित्र र बाहिरी मध्यवर्ती क्षेत्रमा करेन्ट लागेर दुई हात्ती, पाँच गैँडा र एक चितुवाको मृत्यु भइसकेको जानकारी दिए। तीमध्ये दुई हात्ती र एक गैंडा निकुञ्ज कार्यालय तथा नेपाली सेनाका संरचनामा जडान गरिएका बिजुलीका तारमा परेर मरेका हुन्। हात्ती प्रजनन केन्द्र खोरसोर, सौराहामा प्राकृतिक प्रजननमार्फत ३३ वटा छावा जन्माउन सहयोग गरेको रोनाल्डो नामको जङ्गली भाले हात्ती गत असोज ३ गते विद्युतीय तारमा परेर मरेको थियो। बरन्डाभार वनक्षेत्रको कुमाल ताल नजिकै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ राखिएको नेपाली सेनाको पोस्टमा लगिएको बिजुलीको तारमा परेर रोनाल्डो मरेको हो। यसअघि २०६४ साल असोज २८ गते सौराहास्थित हात्ती प्रजनन केन्द्रमा रोमियो नामको जङ्गली भाले हात्ती पनि विद्युतीय तारबारमा करेन्ट लागेर मरेको थियो। त्यसैगरी, २०७५ साल कात्तिक १५ गते हात्तीका लागि निर्माण गरिएको ‘चेन फ्री कोरल’ मा जडान गरिएको विद्युतीय तारमा परेर गैंडा मरेको थियो। उक्त गैंडा गोलाघाटबाट उद्धार गरी सौराहामा हुर्काइएको थियो। निकुञ्जको मध्यभागमा रहेको कसरामा निकुञ्जको मुख्यालय, निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको मुख्यालय, सेनाकै श्री प्रकृति संरक्षण शिक्षालयलगायत निकुञ्जसँग सम्बन्धित कार्यालय छन्। ती संरचनामा विद्युत् आपूर्तिका लागि निकुञ्ज बाहिर करिब दुई किलोमिटर टाढा घैलाघारीबाट तार तानेर जडान गरिएको छ। सूचना अधिकारी मगरका अनुसार निकुञ्जभित्र विद्युतका खम्बामाथिबाटै तार तानिएको छ। निकुञ्जमा रहेका ५८ वटा निकुञ्ज तथा सेनाका पोस्टमध्ये ३९ वटामा विद्युत् जडान गरिएको छ। ती पोस्टमा कतै नाङ्गो तार त कतै आवरणयुक्त विद्युत् तार प्रयोग गरिएको निकुञ्जले जनाएको छ। निकुञ्जभित्रका संरचनामा जडान गरिएका विद्युतका तारमा परेर मात्र नभई आसपासका क्षेत्रमा लगाइएका विद्युतीय धराप तथा अन्य संरचनामा परेर पनि वन्यजन्तुको मृत्यु हुने गरेको छ। उपलब्ध विवरणअनुसार २०७३ साल साउन २४ गते मेघौलीस्थित होटल मेघौली सेराइको पछाडि राप्ती नदी किनारमा फलामको प्लेटफर्म बनाउने क्रममा खुला रहेको तारमा करेन्ट लागेर एक पोथी गैंडाको मृत्यु भएको थियो। विसं २०७९ असोज २७ गते मङ्गलपुरबाट उद्धार गरी कुमरोज मध्यवर्ती सामुदायिक वनमा छाडिएको ‘मङ्गलपुरे’ नामको वयस्क भाले गैंडा खैरहनी–१३ मा घिरौंलाको झालमा रहेको विद्युतीय तार टोक्दा करेन्ट लागेर मरेको थियो। विसं २०८१ साल साउन ८ गते भरतपुर महानगरपालिका–१६, भगोडीस्थित स्थानीयको मकैबारीमा बाली जोगाउन थापिएको विद्युतीय धरापमा परी एक पोथी गैंडाको मृत्यु भएको थियो। विसं २०८२ साउन २१ गते माडी नगरपालिका–१, अमलियामा धानबालीको सुरक्षाका लागि थापिएको विद्युतीय धरापमा परी एक भाले गैंडाको मृत्यु भएको थियो। यसैगरी, २०७५ साल चैत १० गते जगतपुरस्थित होटल टाइगल्याण्डको सेफ्टी ट्याङ्कमा परेर एक वयस्क पोथी गैंडाको मृत्यु भएको थियो भने २०७८ साल माघ ९ गते गोन्द्राङमा सडक विस्तारका क्रममा सडक छेउको खाल्डोमा परेर एक वयस्क भाले गैंडाको मृत्यु भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
ताजा खबरJust now

पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

लेखनाथ समाचारदातालेखनाथ, असोज २९ गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर–१७ स्थित बालोदय चोकमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्य भएको छ ।बिहान ७ बजे भएको... ...

गोरखापत्र
दुई महिनामा सवा तीन खर्ब नाघ्यो व्यापार घाटा, निर्यातमा भने ६२ प्रतिशतको छलाङ
ताजा खबरJust now

दुई महिनामा सवा तीन खर्ब नाघ्यो व्यापार घाटा, निर्यातमा भने ६२ प्रतिशतको छलाङ

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ उल्लेख्य वृद्धि देखिएको छ। निर्यातमा उच्च वृद्धि भए पनि आयातको परिमाण निकै ठूलो... ...

रातोपाटी
साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण कर्जा दिन एफएनसीसीआईको माग
ताजा खबरJust now

साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण कर्जा दिन एफएनसीसीआईको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवद्र्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानी र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन् । ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई धितोको विकल्पमा नगद प्रवाह र बिलका आधारमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए । उनले कर्जा सुरक्षण कोष विस्तार, बाढी तथा विपद्बाट प्रभावित ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play