Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कञ्चनपुरको सीमा सुरक्षामा अल्फा र डेल्टा, एउटाले लागुऔषध अर्कोले हतियार खोज्ने

कञ्चनपुरको सीमा सुरक्षामा अल्फा र डेल्टा, एउटाले लागुऔषध अर्कोले हतियार खोज्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कञ्चनपुरको सीमा सुरक्षामा अल्फा र डेल्टा, एउटाले लागुऔषध अर्कोले हतियार खोज्ने

कञ्चनपुर । भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकामा लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले तालिमप्राप्त दुई कुकुर परिचालन गर्ने भएको छ। सीमा क्षेत्रमा सुरक्षा जाँच र निगरानीलाई प्रभावकारी बनाउन अल्फा र डेल्टा नामका कुकुर परिचालन गर्न लागिएको हो। सशस्त्र प्रहरीका अनुसार दुवै कुकुरलाई गड्डाचौकीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बल गुल्ममा राखिनेछ। अल्फाले लागुऔषध पत्ता लगाउनेछ भने डेल्टाले हातहतियार तथा विस्फोटक पदार्थ पहिचान गर्नेछ। आवश्यकताअनुसार उनीहरूलाई सीमा क्षेत्रमा सुरक्षा जाँच तथा निगरानीका लागि परिचालन गरिनेछ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले दुवै तालिमप्राप्त कुकुर गड्डाचौकी गुल्ममै रहने जानकारी दिए। सीमा क्षेत्रमा शंकास्पद वस्तु तथा पदार्थको पहिचान गर्न उनीहरूको सहयोग लिइनेछ। कञ्चनपुरमा लागुऔषधको समस्या जटिल बन्दै गएको र खुला सीमाको फाइदा उठाउँदै भारतबाट लागुऔषध भित्र्याउने क्रम बढिरहेको अवस्थामा तालिमप्राप्त कुकुर परिचालनले नियन्त्रण प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
ताजा खबरJust now

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं। नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । सेनाले शनिबार अपरान्ह फूलपाती हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो त्यस्तै इज्जत अर्पण ...

नेपालन्युज
चचहुई...चचहुई ! कुपोण्डोलमा दशैंको उमङ्ग
ताजा खबरJust now

चचहुई...चचहुई ! कुपोण्डोलमा दशैंको उमङ्ग

• ललितपुरको कुपोण्डोलस्थित बागमती नदी किनारमा दशैंको अवसरमा लिङ्गे पिङ खेल्ने परम्परा पुनर्जीवित भएको छ। • बालबालिकासँगै ठूला मानिसहरू पनि पिङ खेल्न उत्साहित भएर उपस्थित भएका छन्। • पिङ खेल्ने परम्पराले दसैँको मौलिकता र सामूहिक उत्सवको भावना जीवन्त बनाइरहेको छ। ...

नेपालबहस
पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
ताजा खबरJust now

पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, ...

केन्द्रबिन्दु
सीजेपीका संस्थापक अभिजित दिपके रिहा
ताजा खबरJust now

सीजेपीका संस्थापक अभिजित दिपके रिहा

शुक्रबार दर्जनौं समर्थकहरूसँगै आन्दोलनको नेतृत्व गरेर सेन्ट्रल दिल्लीतर्फ जाँदै गर्दा कन्‍नट प्लेसबाट पक्राउ परेकी नेहा बोरा पनि शनिबार रिहा भएकी छन् ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play