सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं। नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । सेनाले शनिबार अपरान्ह फूलपाती हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो त्यस्तै इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ गरिएको थियो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सहभागी भएका छन्। त्यसैगरी प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सरकारका उच्चपदस्थ अधिकारी तथा अन्य विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो। समारोहमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो । बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

रुसमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह, ट्रम्पको निर्णयप्रति असन्तुष्टि
युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी अर्थतन्त्रलाई लक्षित गरी प्रस्तावित व्यापक प्रतिबन्धहरू... ...
_pzbKqlmHVO.jpg)
पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व... ...

जाजरकोटमा अटो दुर्घटना हुँदा दुईको मृत्यु, तीन जना गम्भीर घाइते
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको थियो । दुर्घटनामा नलगाड नगरपालिका–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक ...

हिमेशलाई प्रहरीको सुझाव : समाचारको विषयमा साइबर ब्युरो होइन, प्रेस काउन्सिल जानू
काठमाण्डु – समाचार प्रकाशनको विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कमेडियन हिमेश पन्तबिच मिलापत्र भएको छ । जनआस्था डटकमका प्रधान सम्पादक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएपछि भएको छलफलमा पन्तलाई समाचारसम्बन्धी विवाद लिएर साइबर ब्युरोमा नभई प्रेस काउन्सिल नेपालमा जान सुझाव दिइएको छ । शनिबार नेपाल प्रहरीको साइबर ब्युरोमा […] ...


